‘कमेडी किङ’ गजुरेल कोरोनामुक्त

  प्रकाशित मिति
३० कार्तिक २०७७, आईतवार ०७:५४


झापा, ३० कार्तिक । प्रसिद्ध कलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त भएका छन् ।

एघार दिनको अस्पताल बसाइ सकेर उनी हाल घर फर्किएका छन् । अबको केही दिनमै काममा फर्किने आशा व्यक्त गर्दै उनले आज पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको जानकारी दिए ।

नेपालको ‘कमेडी किङ’ मानिने गजुरेल कोरोना संक्रमण भएपछि उपचारका लागि काठमाडौंको एपीएफ कोभिड अस्पतालमा रहेका छन् ।

उनले आफ्नो उपचारमा संलग्न डाक्टर तथा स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

यही कात्तिक १० गते उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

सुरुमा घरमै आइसोलेसनमा बस्दै आए पनि अक्सिजनको मात्रा घट्दै गएपछि र फोक्सोमा पनि संक्रमण देखिएपछि उनलाई यही कात्तिक २० गते बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: