कम्प्युटर तालिम

  प्रकाशित मिति
१८ जेष्ठ २०७३, मंगलवार १०:३९


काँकरभिट्टा । सङ्कल्प महिला समूहको आयोजना तथा मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित २ महिने आधारभूत कम्प्युटर तालिम मंगलबार सम्पन्न भएको छ ।

मेचीनगर–१० स्थित ओएसिस आइटि स्कुलमा सञ्चालित निशुल्क तालिममा २० जना महिलाले कम्प्युटरको आधारभूत ज्ञान हासिल गरेका थिए भने प्रशिक्षार्थीलाई प्रशिक्षक हेमन्त निरौलाले प्रशिक्षण दिएका थिए ।

महेन्द्रद्वार सहकारी संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

संकल्प महिला समूहकी अध्यक्ष डम्बरकुमारी थापाको सभापतित्व रहेको कार्यक्रममा मिना उप्रेती, सोमराज ढकाल, बिना तामाङ, चन्दा कार्की, कमला सुवेदी, ललित तामाङ, चित्रकला गिरी र प्रशिक्षार्थीका तर्फबाट सुकमाया लिम्बूलगायतले बोलेका थिए । राधा कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन भिमा गिरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: