फागुन २१ र झापा परस्परमा मेल खाने शब्द हुन् । ०२९ साल फागुन २१ मा पाँच जना होनहार क्रान्तिकारी युवालाई तत्कालीन पञ्चायती शासकले सिध्याए । आज त्यो दिन मात्र स्मरणयोग्य छैन, त्यो दिन बगेको रगतका कोषिका नेपाली कम्युनिष्टका नसा नसामा फैलिएका छन् ।
नेपाली कम्यूनिस्टहरुका प्रेरणापुञ्ज ती सुखानीका शहीदहरु जसलाई शहीदका रुपमा दर्ज हुन ४२ वर्ष लाग्यो । सुखानी शब्द आफैँमा कम्युनिस्टको शब्द जस्तो लाग्छ । क्रान्तिको विगुल फुक्ने युवा जसले झापा विोहको आरम्भ गरेका थिए, आज त्यो सुखानी नेपाली कम्युनिस्टहरुका लागि मक्का मदिना सरह छ ।
जतिबेला नेपालका कम्युनिस्टहरुमा मेल थिएन, कम्युनिस्ट विचारको ठीक ढङ्गले विजारोपण भएको थिएन, त्यतिबेला ती युवाहरु जसले क्रान्तिरुपी तलाउमा ढुङ्गा फ्यालेका थिए । आज त्यो क्रान्तिको तलाउमा तरङ्ग आएको छ । त्यो रक्तकुण्डसरी मुलुकभरि सिञ्चित भएको छ ।
राजनीतिमा त्याग र समर्पणको भावसँगै विडम्बनायुक्त पीडा पनि मिसिएको हुन्छ । आज सुखानीको त्याग र समर्पणलाई विभाजित पार्ने र आआफ्ना पारामा व्याख्या गर्ने काम भइरहेको छ । प्रत्येक वर्ष फागुन २१ का दिन नेकपा एमालेका नेताहरु सुखानीमा पुग्छन् । पुष्प अर्पण गर्छन् र श्रद्धासुमन व्यक्त गर्छन् ।
नेकपा एमालेको जग झापा विोह हो । झापा विोहको जगमा उठेको नेकपा एमालेका लागि सुखानी आदर्शभूमि हो । पुण्यभूमि हो ।
विगतमा सुखानीको सही उत्तराधिकारी बन्न होडबाजी गर्ने नेकपा एमाले र माओबादी केन्द्र यसपाली एउटै कम्युनिस्ट सङ्गठन निर्माणमा जुटेका छन् ।
दुबै पार्टीका कार्यकर्ता यसपटक सँगैसँगै सुखानीमा श्रद्धाञ्जलि अर्पण गर्न जाने छन् । एउटै गन्तब्यका लागि अघि बढेका यी मूलधारका कम्युनिस्टहरुलाई सुखानी स्मृति दिवसले निश्चय नै दृढ सङ्कल्पित भएर देश र जनताको हितमा लाग्न शक्ति प्रदान गर्ने छ ।