कम बेरुजुमा नेपालमै पहिलो भयो मेचीनगर

  प्रकाशित मिति
११ श्रावण २०७७, आईतवार १५:०७


।। अर्जुन कार्की ।।

मेचीनगर । आर्थिक वर्ष २०७५÷७६ मा बेरुजु कम हुने देशभरीका ७५३ स्थानीय तहहरु मध्ये मेचीनगर नगरपालिका पहिलो  भएको छ ।

महालेखा परीक्षकको कार्यालयबाट आव ०७५÷७६ मा जारी गरेको प्रतिवेदनमा बेरुजु कम हुने देशभरीका ७५३ स्थानीय तहमध्ये मेचीनगरपालिका पहिलो भएको हो ।

महालेखा परीक्षकको कार्यालयले गत असार ३१ गते ५७औँ वार्षिक प्रतिवेदन–२०७७ आफ्नो वेव साइटमा सार्वजनिक गरेको थियो ।

कार्यालयले आफ्नो वेव साइटमा कम बेरुजु गर्ने स्थानीय तहहरुको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

कार्यालयको वेव साइटको प्रतिवेदनमा मेचीनगरको शुन्य दशमलव शुन्य तीन प्रतिशत (०.०३) अर्थात ८ लाख ९३ हजार रुपैयाँ सबै भन्दा कम बेरुजु रहेको उल्लेख छ ।

आ.व. २०७४÷७५ मा मेचीनगरले ७ करोड १ लाख ६० हजार रुपैयाँ बेरुजुमा ३ करोड ८९ लाख १८ हजार बेरुजु फछर्यौट गरेको थियो ।

तर ०७५÷७६ मा मेचीनगरको आर्थिक शुसासन राम्रो भएकोले बेरुजु कम गरेर देशभरीका स्थानीय तहहरु मध्ये पहिलो हुन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: