कराते संघ मेचीनगरको अध्यक्षमा अर्जुन लम्साल

  प्रकाशित मिति
३० असार २०७८, बुधबार २२:२७


मेचीनगर, ३० असार । मेचीनगर सितोरियो कराते संघको अध्यक्षमा अर्जुन लम्साल सर्वसम्मत चयन भएका छन् ।
बुधवार धुलाबारीमा मेचीनगरका कराते खेलसँग आवद्ध खेलाडी तथा प्रशिक्षकहरुको एक भेलाले लम्सालको अध्यक्षतामा ११ सदस्यीय मेचीनगर सितोरियो कराते संघ सर्वसम्मत चयन
गरेको हो ।

समितिको उपाध्यक्षमा मनबहादुर धिमाल, सचिवमा बिनोद श्रेष्ठ, सहसचिवमा मुक्तिनाथ काफ्ले र कोषाध्यक्षमा सम्झना सारु मगर चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा सम्भु ठाकुर, अभिशेक दवाडी, सन्तोष राई, सुनिल मेचे र राजेन्द्र कार्की छन् । एक जना कार्यसमिति सदस्य काँकरभिट्टा क्षेत्रबाट थप गरिने करातेका प्रशिक्षक मिलनराज प्रसाईले बताए ।

भेलाले कालु मेचेको संयोजकत्वमा ६ सदस्यीय नगरस्तरिय सल्लाहाकार समिति समेत चयन गरेको छ । समितिको सदस्यहरुमा मिलनराज प्रसाई, कृष्ण बस्नेत, राजु महर्जन, बद्री बिष्ट र बिष्णु श्रेष्ठ छन् ।

मेचीनगर खेलकुद विकास समितिका सदस्य तथा वडा नं. १० खेलकुद समितिका संयोजक इन्द्र आङदम्बे लगायत खेलाडी तथा प्रशिक्षकहरुको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज