मेचीनगर । मेचीनगर–१४ स्थित दुवागढीका २७ वर्षीय चक्रबहादुर भुजेलको शनिबार करेन्ट लागेर मृत्यु भएको छ ।
विहान घरको वायरिङ गर्ने क्रममा करेन्ट लागेर घाइते भएपछि उपचारको लागि बिएण्डसी हस्पिटल बिर्तामोड पुर्याउन साथ चिकित्सकले भुजेललाई मृत घोषणा गरेका थिए ।
ईलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।