मेचीनगर, ३० असार । मेचीनगर नगरपालिका–९ मा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
हात्ती धपाउन लगाइएको विजुलीको नाङ्गो तारबाट करेन्ट लाग्दा ६४ बर्षीय बद्रीप्र्साद थपलियाको सोमबार खेतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खेतमा पानी मिलाउने क्रममा आफैंले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी उनको मृत्यु भएको हो । सोमबार बेलुका ५ः४५ बजेको समयमा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको थियो । मृतक थपलियाको मेची अञ्चल अस्पतालमा पोस्टमार्टम पछि आजै दाहसंस्कार गरिएको छ ।