बाहुनडाँगी । बाहुनडाँगी–३ दोकानडाँडाका कमल विष्टको सोमवार करेन्ट लागेर मृत्यु भएको छ ।
स्थानीय घैलाडुब्बा खोलामा करेन्ट लगाएर माछा मार्ने व्रmममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले बताए ।
१६ वर्षीय विष्ट बालकल्याण माविमा कक्षा–१० मा अध्ययनरत थिए । सेन्टअप परीक्षा चलिरहेकाले बिहान अङ्ग्रेजी विषयको परीक्षा दिएर उनी घरमै थिए । उनलाई तत्काल विर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याए लगत्तै डाक्टरले विष्टलाई मृत घोषणा गरेका थिए । उनको पोष्टमार्टम मेची अञ्चल अस्पताल गरिएको छ ।