करेन्ट लागेर महिलाको मृत्यु

  प्रकाशित मिति
१ असार २०७८, मंगलवार १६:१०


मेचीनगर, १ असार । बुद्धशान्ति गाउँपालिका ३ सितल बस्तीकी ४८ बर्षीया विष्णुमाया बास्कोटाको करेन्ट लागेर मृत्यु भएको छ ।

जंगली हात्ती छेक्न खेतमा लगाइएको करेन्ट लागेर आज विहान ५ बजे उनी घाइते भएकी थिइन् । घाइते बास्कोटाको उपचारको क्रममा विर्तामोडस्थित विर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज