झापा । बुधवार विहान हावाहुरीसँगै पानी परेपछि झापाको कचनकवलमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कचनकवल गाउँपालिका–७ बालुवाडी निवासी ६१ बर्षीय हर्कमाया लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार बुधवार विहान हावाहुरीसँगै पानी परेपछि घरमा आँगनमै बिजुलीको तार चुडिएर लिम्बुलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता हावाहुरी, चट्याङ्गसँगै परेको पानीले झापाका विभिन्न स्थानीय तहमा लाखौ क्षति भएको प्रहरीको अनुमान छ । क्षतिको यकिन तथ्याङ्क सङ्कलनका लागि स्थानीय प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।