कर्णाली सहकारीले दियो संक्रमित सदस्यलाई उपचार खर्च

  प्रकाशित मिति
३ आश्विन २०७८, आईतवार २०:१६


मेचीनगर, ३ असोज । कर्णाली बचत तथा ऋण सहकारी संस्था केन्द्रिय कार्यालय बिर्तामोडले आइतवार एक जना सदस्यलाई उपचार राहत रकम प्रदान गरेको छ ।
कार्यालयले कोभिड–१९ का कारण विरामी भई उपचार गराएकी मेचीनगर–७ स्थित ईटाभट्टा सेवा केन्द्रकी सदस्य लिलाकुमारी कट्टेललाई उपचार खर्चको ४० प्रतिशत रकम हस्तान्तरण गरेको हो ।

कोरोनाको कारण स्वास्थ्यमा गम्भीर समस्यामा पुगेकी कट्टेलको उपचारमा ९ लाख ६७ हजार ७ सय रुपैयाँ खर्च भएको थियो । उक्त उपचार खर्चको ४० प्रतिशतले हुँन आउने रकम ३ लाख ८७ हजार १ सय रुपैयाँ संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ र कार्यक्रमका प्रमुख अतिथि प्रदेश एकका सांसद गोपालचन्द्र बुढाथोकीले सदस्य लिलाकुमारीका छोरालाई हस्तान्तरण गरेका थिए ।

राहत रकम हस्तान्तरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले जनताले आफ्नो हक अधिकार प्राप्तिका लागि बलिदानी पूर्ण संघर्ष गरेर प्राप्त गरेको नयाँ संविधानले आम नेपाली जनताको हक अधिकारलाई सुनिश्चित गरेको बताए । सांसद बुढाथोकीले सरकारले सहकारीलाई देशको तीन खम्बे अर्थ नीतिको रुपमा लिएको हुँदा सहकारीले समाजमा रुपान्तरणकारी भूमिका निर्वाह गर्नु पर्ने बताए ।

कोभिडको महामारीले जनजिवन अस्तव्यस्त बनेको बताउँदै उनले कोभिडलाई सामान्य रुपमा नलिन र सरकारले निर्देशन गरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण रुपमा पालना गर्न सुझव दिए । सहकारीले आफ्नो सदस्यको उपचारमा ठूलो आर्थिक सहयोग गरेको भन्दै उनले सहकारी संस्थाले सञ्चालन गरेको यस किसिमको कार्यक्रमले अभिभावकत्व प्रदान गर्ने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठले जस्तो सुकै परिस्थितिमा पनि आफ्ना सदस्यहरुलाई आर्थिक अभावका कारण उपचार पाँउनबाट बन्चित हुनु नपरोस् भन्ने उद्देश्यले विशेष उपचार कोष सञ्चालन गरेको र सवैलाई सो कोषमा सहभागी बन्न अनुरोध गरे ।
सहकारीमा सदस्यहरुले पाँच हजार रुपैयाँ उपचार कोषमा जम्मा गर्नुपर्ने र एक वर्षपछि एक हजारले नवीकरण गरेपछि उक्त कोषबाट

उपचार राहात पाउने व्यवस्था गरेको सहकारी संस्थाका सचिव भुपाल बस्नेतले बताए । संस्थाकी सञ्चालक सदस्य जानुका ओलीले सहकारी संस्थाले हाल उपचार खर्चको ४० प्रतिशत रकम उपलब्ध गराउने व्यवस्था गरेको र निश्चित समयपछि १० लाखसम्म उपचार खर्च दिने भएकोले सबै सदस्यहरुले निर्धक्क भएर सदस्यतालिन र राहात प्याकेजमा सहभागी हुन अनुरोध गरिन् ।

सो सहकारीले हाल झापा, इलाम र मोरङमा ३८ वटा सेवा केन्द्र स्थापना गरिसकेको छ भने ४१ हजार शेयर सदस्य विस्तार गरेको सहकारीले जानाएको छ । कार्याक्रममा जेष्ठ नागरिक खेमराज अधिकारी, श्याम घिमिर, श्रीप्रसाद सिटौला लगायतले बोलेका थिए । उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव बस्नेतले गरेका थिए ।

।। डम्बर बराल ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: