कर्णेलको पनि आँखा रसाए

  प्रकाशित मिति
२० भाद्र २०७३, सोमबार १८:३३


22

विर्तामोड । स्तब्ध थियो हल । निःशब्द एकोहोरिएका थिए सहभागीका आँखा पर्दातिर । दर्शक दीर्घाको अग्रपङ्तिमा बसेका नेपाली सेनाका कर्णेल खेमनारायण पौडेल पनि सुक्क सुक्क गर्दै आँशु पुछिरहेका थिए ।

पत्रकार तीर्थ सिग्देलको पुस्तक ‘जीवनको गति’को विमोचन कार्यक्रमपछि भएको डकुमेन्ट्री प्रदर्शनीमा शुक्रवार साँझ हिकोला हेरिटेज होटलको हलको दृश्य थियो त्यो ।

पत्रकार गणेश पाण्डेले निर्माण गरेको ‘भाग्यले बाँचेकाहरू’ नामक ५५ मिनेटको डकुमेन्ट्री त्यहाँ प्रदर्शन गरिएको थियो ।
२०७१ बैशाखमा आएको महाभूकम्पले पुर्याएको विनाशलीला र त्यसमा नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले गरेको उद्धारलाई डकुमेन्ट्रीमा विशेष लक्षित गरिएको छ ।

‘दृश्य देखेर मन थाम्न सकिन’–चारआलीस्थित नेपाली सेनाको गणका कर्णेल पौडेलले डकुमेन्ट्री हेरेर बाहिरिदै गर्दा छोटो कुराकानीका क्रममा भने ।

11

गीतकार शिवशङ्कर थापाले डकुमेन्ट्रीले भूकम्पको विनासबारे सचेत गराउने उल्लेख गर्दै दृश्य हेर्दा मन रोएको बताए ।
डकुमेन्ट्री हेर्न सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा, इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी खड्गबहादुर खत्री, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी, नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल, अग्रज पत्रकार लीला बराल लगायतको विशेष उपस्थिति रहेको थियो ।

प्रदर्शनीपछि निर्देशक पाण्डेले डकुमेन्ट्री मन पराइदिएको भन्दै दर्शकलाई धन्यवाद दिएका थिए । उनले दर्शकले राखेका विभिन्न जिज्ञासाको उत्तर पनि दिएका थिए ।

सबैभन्दा बढी विदेशी अवार्ड पाउन सफल नेपाली डकुमेन्ट्रीको रुपमा चिनिएको ‘भाग्यले बाँचेकाहरू’ हाल ३२ मुलुकमा प्रदर्शन भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: