कर्मचारीबीच वक्तृत्वकला तथा व्याडमिन्टन प्रतियोगिता हुँदै

  प्रकाशित मिति
३ भाद्र २०७९, शुक्रबार ०७:५०


झापा, ३ भदौ । कर्मचारी मिलन केन्द्र झापाले निजामति कर्मचारी दिवसको अवसर पारेर वक्तृत्वकला तथा व्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ ।

सरकारी कर्मचारीहरुको अन्तरनिहित क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्य राखेर केन्द्रले आगामी भदौ २२ गते “संघीय शासन व्यवस्थामा सार्वजनिक सेवा प्रवाह” शीर्षकमा बक्तृत्वकला प्रतियोगिता गर्ने भएको हो ।

कार्यक्रममा जिल्लाभित्र रहेका सम्पूर्ण सरकारी कार्यालयबाट एक जना कर्मचारीले भाग लिन पाउने व्यवस्था गरिएको कर्मचारी मिलन केन्द्र झापाका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले बताए ।

उनले वक्तृत्वकला प्रतियोगिता गराई उत्कृष्ट हुने कर्मचारीलाई पुरस्कारको व्यवस्था समेत गरिएको बताए । उनका अनुसार प्रथम, द्वितीय र तृतीय हुने कर्मचारीलाई क्रमश: रु १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कारर प्रदान गरिने छ ।

सोही अवसरमा कर्मचारीबीच व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कर्मचारीलाई नगद रु. १० हजार, सात हजार र पाँच हजार राशीको पुरस्कार वितरण गरिने उनको भनाई छ ।

प्रतियोगितामा सहभागी हुन चाहने सम्पूर्ण कर्मचारीले यही भदौ १२ गतेसम्ममा केन्द्रका कोषाध्यक्ष दामोदर घिमिरेलाई सम्पर्क गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: