कर्मचारीमा कोरोना देखेपछि मन्त्री नेम्वाङ क्वारेन्टाइनमा

  प्रकाशित मिति
१९ भाद्र २०७७, शुक्रबार १५:२९


मेचीनगर, १९ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका एक कर्मचारीका अनुसार ती अधिकारीमा संक्रमण देखिएपछि मन्त्रालयका सबै जना कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ शुरु भएको छ ।

कर्मचारीहरुको शुक्रवार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा स्वाब लिइएको छ । उच्च अधिकारीलाई बुधवार संक्रमण पुष्टि भएको थियो ।

यता भौतिक मन्त्री वसन्तकुमार नेम्वाङ भने पुल्चोकस्थित मन्त्री क्वाटरमा छन् । ती कर्मचारीका अनुसार मन्त्री नेम्वाङ आजको मन्त्री परिषद्मासमेत सहभागी भएनन् ।

मन्त्रालयका अधिकारीमा संक्रमण पुष्टि हुनसाथ मन्त्री नेम्वाङ होम क्वारेन्टाइनमा बस्न थालेको उनले बताए । मन्त्री नेम्वाङको आजै स्वाब लिइने ती कर्मचारीले बताए ।

(पहिलो पोष्ट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: