कर्मचारीलाई कोरोना : मालपोत कार्यालय एकसाता बन्द

  प्रकाशित मिति
५ माघ २०७८, बुधबार २०:५१


झापा, ५ माघ । कर्मचारीलाई कोरोना संक्रमण भएपछि मालपोत कार्यालय भद्रपुरले एक साताका लागि सेवा बन्द गरेको छ ।
कार्यालयका निमित्त प्रमुख दिपेन्द्र खत्रीले बुधबार एक सूचना जारी गरी बिहीबारदेखि माघ १२ गतेसम्मका लागि सेवा प्रवाह स्थगन गरिएको जनाएका हुन् ।

सेवाग्राही, कर्मचारी, लेखापढी व्यवसायी र अन्य सरोकारवालाको स्वास्थ्य सुरक्षा र रोग संक्रमणको जोखिम न्यूनीकरणका लागि कार्यालय बन्द गर्नुपरेको सूचनामा जनाइएको छ ।

मालपोत कार्यालयका २ जना कर्मचारी संक्रमित भएका छन् । अधिकांस कर्मचारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: