कर्मचारी–पत्नीलाई ठेक्का र फोहोरमैला बारे कांग्रेसले ठड्यायो औंलो

  प्रकाशित मिति
२३ श्रावण २०७९, सोमबार १३:३३


बिर्तामोड २३ साउन । नेपाली कांग्रेसले विर्तामोड नगरपालिकाद्वारा निःशुल्क वितरण गरिने औषधिको ठेक्का विवादास्पद फार्मेसीलाई दिने निर्णयमाथि प्रश्न उठाएको छ ।

पार्टीको विर्तामोड नगर समिति र प्रदेश ‘क’ समितिले आइतवार नगरपालिकामा विरोध पत्र बुझाउँदै औषधिको विवादास्पद ठेक्का खारेज गर्न माग गरेको हो ।

कांग्रेसका कार्यवाहक सभापति सूर्यप्रसाद कन्दङ्वाका अनुसार विर्तामोड नगरपालिकाले अप्सरा बुढाथोकी सञ्चालक रहेको अमन फार्मेसीलाई औषधिको ठेक्का दिएको छ ।

सञ्चालक बुढाथोकी नगरपालिकाको स्वास्थ्य शाखाको प्रमुख ओम खड्काकी पत्नी भएको जनाउँदै कांग्रेसले कर्मचारीको नातेदारलाई ठेक्का लगाउनु कानून विपरीत हुने दावी गरेको छ ।

जनप्रतिनिधि तथा कर्मचारीका नातेदारलाई ठेक्का दिन नपाइने व्यवस्था सार्वजनिक खरिद ऐनको दफा ६२–६३ मा उल्लेख गरिएको कार्यवाहक सभापति कन्दङ्वाले बताए ।

नगरपालिकाले एकीकृत सम्पत्ति कर बढाएको, फोहोरमैला व्यवस्थापन नगरेको र कोरोना शीर्षकमा गरिएको हिसाबकिताब सार्वजनिक नगरेको भन्दै कांग्रेसको असन्तुष्टि व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: