कर्मचारी मिलन केन्द्रको अध्यक्षमा युवराज श्रेष्ठ

  प्रकाशित मिति
१० माघ २०७७, शनिबार १८:५५


भद्रपुर, १० माघ । कर्मचारी मिलन केन्द्र झापाको साधारणसभाबाट आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख युवराज श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति शनिवार सर्वसम्मत चयन भएको छ ।

समितिको उपाध्यक्षमा जिल्ला समन्वय अधिकारी रुद्रप्रसाद न्यौपाने, विद्युत प्राधिकरण कार्यालय भद्रपुरका प्रमुख सञ्जीव साह, घरेलु तथा साना उद्योग कार्यालय झापाकी दुर्गा बास्तोला, महासचिवमा जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय झापाका प्रमुख कृष्ण राजवंशी र कोषाध्यक्षमा जिल्ला हुलाक कार्यालयका प्रमुख दामोदर घिमिरे चयन भएको निर्वाचन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार पाण्डेले बताए ।

त्यसैगरी सदस्यहरुमा शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीता राई, कृषि ज्ञान केन्द्रकी एजिना खड्का, राष्ट्रिय समाचार समिति झापाकी प्रमुख अम्बिका भण्डारीलगायत चयन भएका छन् ।

ग्रामीण विकास तालिम केन्द्र कलबलगुढीमा केन्द्रले आयोजना गरेको बनभोजसहितको साधारणसभामा संस्थाले प्रकाशन गरेको स्मारिकाको समेत प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले अनावरण गरेका थिए । मिलन केन्द्रका संरक्षक समेत रहेका उनले विगतदेखि नै सिर्जनशील र रचनात्मक कार्यमा संस्थाले गरेको योगदानको चर्चा गर्दै नयाँ समितिलाई शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण शाही, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराई, सेनाको २१ नम्बर बाहिनीपति डा. आशबहादुर तामाङ, सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेलगायत जिल्लाभरका कार्यालय प्रमुख र कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: