कर्मचारी मेहताले सेवाग्राहीको हात भाँच्ने धम्की दिए

  प्रकाशित मिति
२५ असार २०७५, सोमबार ०९:४६


भद्रपुर । नापी कार्यालय झापाका सर्वेक्षक सुरेश मेहताले कार्यालयमा काम लिन आएका सेवाग्राहीहरुलाई अभद्र व्यवहार गरेका छन् ।

सुरुङ्गाका राम बेडारी र उनका दाजु मोहन बेडारीले नक्साको काम लिएर मेहताको फाँटमा पुगी आफ्नो काम गरिदिन अनुरोध गर्दा मेहताले जथाभावी तरिकाले गाली गरेपछि सेवाग्राहीहरुले कर्मचारी मेहतालाई कारवाही गर्न माग गरेका छन् ।

नक्साको कामबारे सोध्दा सर्वेक्षक मेहताले यता जानु र उता जानु भनेर दुःख दिएको र उल्टै हात भाँचिदिने सम्मको शब्द प्रयोग गर्दै गाली गरेको सेवाग्राही मोहन बेडारीले बताए । आफुहरुले भद्र शब्दमा कुरा गर्दा मेहताले उल्टै कडा शब्द प्रयोग गरी गालीगलौज गरेकाले मेहतालाई कारवाहीको माग गर्दै आफु न्यायिक निकायसम्म जाने उनले बताए ।

अर्का सेवाग्राही टङ्क कालाखेतीले नक्साको काम लिएर आउँदा मेहता लगायतका नापीका कर्मचारीहरुले काममा दुःख मात्र दिने गरेको बताए ।

यता, सर्वेक्षक मेहताले भने सेवाग्राहीहरुको चापले गर्दा आफुले आवेगमा आई औँला भाँच्नेसम्मको शब्द प्रयोग गरेको स्वीकारे । कार्यालय प्रमुख डिल्लीराज भण्डारीले विगतका दिनहरुमा भन्दा पछिल्लो समयमा नापीमा धेरै सुधार आएको दाबी गर्दै मेहतालाई सच्चिन निर्देशन दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: