कर्मठ महिला पुरस्कारको कथा

  प्रकाशित मिति
४ बैशाख २०७३, शनिबार ०५:४७


fulmuni urauमेचीनगर, ४ बैशाख । २०५९ साल कातिक १४ गते बिहीवारका दिन मेचीनगर काँकरभिट्टा क्षेत्रका साहित्यकार तथा साहित्य अनुरागीहरू पञ्चमुखी हनुमान मन्दिरको आश्रयमा जम्मा भयौँ ।

महेन्द्र राजमार्गको प्रस्थान विन्दुको एकदम काखमा स्थानीय उत्साही र प्रस्टवक्ता व्यक्ति स्व.दीपक पुरीले लगभग एक दशकअघिदेखि रातो रङको हनुमानको त्रिआयामिक आकृति बनाइ पूजाआजा गर्दै आएका थिए ।

केही मनकारी व्यापारी–व्यवसायीहरूलाई खुसी तुल्याउँदै चन्दा–दान आदि लिँदै ती दीपक पुरीले यहाँ पुराण लाउने, पुजाआजा गर्ने गर्दै मन्दिरको छानो विस्तार गर्दै बटुवाहरूले हुरी–बतासबाट, घामपानीबाट एक छिन टाउको लुकाउने ठाउँ बनाएका थिए । हामी त्यहीं पुण्य प्रसाद खरेल, विजय खरेल, भुवन सुब्बा, मोहन पाठक, देवकी नन्दन अग्रवाल, हेम खड्का, केन्द्र प्रसाद भट्टराई, पर्वत पोर्तेल, खड्ग बराल, नरेन्द्र पाठक, परशुराम तिमसिना, वीरु पौडेल, फणीन्द्र घिमिरे, परशुराम रिजाल, लक्ष्मी उप्रेती, बन्धन कुमार मुन्डा, विमला पुरी, शान्ता वाँस्तोला, प्रेम प्रसाद बाँस्तोला, नारायण ढुङ्गाना लगायत भेला भएर महाकवि देवकोटाको जयन्ती मनाउने र साहित्यिक आन्दोलन अघि बढाउने भन्दै एउटा साहित्यिक संस्थाको गठन गर्ने र नियमित साहित्यिक सृजनाको विमर्श गर्ने माध्यम बनाउने कुरामा सहमत हुँदै सुसेली साहित्यिक परिवार गठन ग¥यौँ ।

साप्ताहिक रुपमा साहित्यिक गोष्ठी गर्ने उद्देश्यसहित गठन भएको त्यही साहित्यिक परिवार नै आजको ‘सुसाप’ हो । झन्डै एक दशक त हामीले साप्ताहिक गोष्ठी ग¥यौँ । गोष्ठीमा वाचित र सहभागीबाट रचित सृजनाहरू समेत सामले गर्दै वर्षवर्षमा ‘सुसेली’ (स्मारिका) प्रकाशन गर्दै आयौँ । बिच बिचमा साहित्यिक चाडपर्वका अवसरमा तथा बिभिन्न साहित्यिक व्यक्तित्वहरूका स्मृति दिवसका अवसरमा हामीले विशेष साहित्यिक कार्यव्रmम पनि गर्दै आयौँ ।

झापाली साहित्यिक वातावरणलाई समृद्ध गर्दै आफ्नो पुरा जीवन नै साहित्यमय बनाउनु भएका गुरु चूडामणि रेग्मी हाम्रो सुसेली साहित्यिक परिवारसँग नजिकिनु मलाई लाग्छ, ‘भेडो भेडैसँग घोडो घोडैसँग’ भन्ने उखान जस्तै हो । धेरै वटा कार्यव्रmममा प्रमुख अतिथि भएर, विशिष्ट अतिथि भएर सुसेली साहित्यिक परिवारसँग नजिकिनुभयो । हुँदा हुँदा चूडामणि गुरु र वेदकुमारी गुरुआमा सुसेली साहित्यिक परिवारका सबै सदस्यहरूका आफ्नै अभिभावक झैँ, आफ्नै गुरु झैँ हुनुभयो । साहित्यिक सद्भाव यात्राका कार्यव्रmम र सुसेलीका कार्यव्रmमहरूले गुरु र सुसेलीबिचमा कुनै रेखी थियो भने पनि त्यो सबै हावाले उडाइसकेको जस्तो, मेटिइ सकेको जस्तो भयो ।

२०७० चैत २९ को कार्यव्रmममा सुसेली अङ्क–११, हास्यव्यङ्ग्य अङ्क लोकार्पण गर्दै थियौँ र गुरुको ७८ औँ जन्मोत्सवको उपलक्ष्यमा उहाँबारेका लेखहरू सहित छलफल बहसको कार्यव्रmम पनि गर्दै थियौँ । त्यसै अवसरमा गुरुले सुसेली साहित्यिक परिवारका उपाध्यक्ष केन्द्र प्रसाद भट्टराईलाई नगद, प्रमाण पत्र तथा दोसल्लाले सम्मान गर्दै धेरै वटा पुस्तकहरू पनि उपहार दिएर पुरस्कृत गर्नु भयो । हामीले झापामा मात्र होइन, देशमै पूर्ण लिप्त भएर साहित्य सेवामा लागिरहनु भएका, जीवनको अधिकांश उमेर भाषा र साहित्यको आन्दोलनमा समर्पण गर्नु भएका गुरु चूडामणि विशेषाङ्कका रुपमा सुसेली अङ्क–१२ निकाल्ने निर्णय ग¥यौँ र सकेसम्म गुरुको जन्मोत्सव पारेर लोकार्पण गर्ने भयौँ ।

२०७१ को चैत ३० मा हामीले गुरु चूडामणि रेग्मीज्यूको विशेषाङ्क उहाँमा समर्पण गर्ने काम पनि ग¥यौँ । हामीले त्यो विशेषाङ्क निकालेको कुनै प्रतिफलको अपेक्षा राखेर होइन । हामीले एक अत्यन्त उपयुक्त र योग्य व्यक्तिको विशेषाङ्क निकाल्यौँ र निस्पृह भएर निकाल्यौँ । तर त्यति भैकन पनि गुरु र गुरुआमाको भावनालाई यस कार्यले कस्तो कस्तो प्रभाव पारेछ ! महेन्द्रद्वार सहकारी संस्थाले गुरुलाई सम्मान गर्दा उहाँले बोल्नुभएको एउटा वाक्य मलाई सम्झना छ– “गम्म पैसा गोजीमा हालिरछ, भन्छ नि !’ भन्नु होला ! वास्तवमा दिँदा जस्तो आनन्द छ लिँदा त्यस्तो आनन्द हुँदैन !” सायद यही भावनाले होला, विशेषाङ्क अर्पणपछि आफ्नो बोल्नेव्रmममा गुरु चूडामणि रेग्मीले भन्नुभयो– “… …म आज यति चाहिँ भन्छु, सुसेली साहित्यिक परिवारले झापामा साहित्यिक सिर्जनामा खुट्टा टेकेको छ । यसलाई सक्तो भर मद्दत गरि आएकै पनि छु र सकुन्जेल गरिरहन्छु पनि । अझ वेद कुमारी गुरुआमाको इच्छा पनि यहाँ सुनाउँछु– एक लाख दस हजार रुपियाँको अक्षय कोष सुसेलीमा राखिदिने ! एउटी कर्मठ महिला, महलकी होइन फेरि, सुखमा पालिएकी, ठालुका घरकी होइन फेरि, दुःख खपेकी, नदपेकी, जब्बर गरिखाने महिला, तपाईँहरूले नै छानेर पुरस्कार दिन, तपाईँहरूकै विचारमा छाडि दिने गरी राखिदिने ! …”

कार्यव्रmममा उपस्थित सबैले ताली लगाए । म अलिकति गम्भीर हुन खोजेँ । हामीले यो विशेषाङ्क निकालेर गुरुलाई पघार्न खोजेका थिएनौँ र गुरु तथा गुरुआमा पघ्रिनु भएको पनि होइन । गुरु तथा गुरुआमाको सुसेलीसँगको सामीप्यताले र जीवनको उत्तरार्धतिर केही परोपकारी काम गर्ने संस्कारगत भावनाले हो यो भन्ने मैले ठानेको छु । यति भइकन पनि फेरि फेरि भेट हुँदा र त्यो अक्षयकोषको रकम हातलागी गर्दाका समयमा गुरु तथा गुरुआमाका अपेक्षा सुन्दा भने पुरस्कृत हुने महिला गरिखाने वर्गकै हुनु पर्ने, हेपिएर लुरुक्क नपर्ने किसिमको हुनु पर्ने, नदपिने नहेपिने र सकेसम्म अरु महिलाका निम्ति प्रेरणादायी हुनु पर्ने भन्ने लाग्थ्यो । हामीले त्यही अनुसार अक्षयकोषको उपयोग गर्ने सोच पनि बनायौँ ।

अक्षय कोषमा रकम दिने घोषणा गर्नुभयो २०७१ चैत ३० गते । करिब ३ महिनापछि २०७२ असार २÷३ गतेतिर रु. १,१३,०००÷– एक लाख तेर हजार रुपैयाको चेक हामीलाई अर्पण गर्नुभयो । यो रकमको कैफियतमा पनि गुरुले भन्नुभयो– “एक लाख दस हजार रुपैयाँ अक्षय कोषको र तिन हजार बैसाख, जेठ, असारको ब्याजको रकम मिलाएर दिएको हो है” भनेर । हामीले गुरुकै भनाइअनुसार त्यो रकम अक्षय कोषमा राख्यौँ । त्यसकै ब्याजबाट प्रथम पुरस्कारको रुपमा मेचीनगर–१२, आयाबारी निवासी फुलमुनी उराउलाई प्रथम पुरस्कारको रुपमा गत २०७२ चैत २७ गते गुरुआमा वेदकुमारी रेग्मीकै हातबाट अर्पण ग¥यौँ ।

पुरस्कार अर्पण भएपछि जब आम दर्शकबाट प्रतिव्रिmया सुन्न पाइयो अनि मात्र मेरो अन्तर्मनको ढोका पनि अलिक बढी घच्घचियो । पुरुषवादी संस्कार र परम्परा भएको, सामन्तवादी सोच र संस्कृतिमा बाँचिरहेको हाम्रो समाजमा महिलाको सामाजिक स्थिति बारे हामी सब प्रस्ट छौं । हाम्रा बाबुसम्मको अझ वर्तमानका गुरु चूडामणि – वेदकुमारी रेग्मीसम्मको युग त ‘मर्दका दसवटी’ भन्ने, ‘स्वास्नी भनेको जुत्ता हो जुत्ता, खुट्टा भए जुत्ताको के खाँचो ?’ भन्ने, ‘ढोल गँवार पशु शुद्र नारी …” भन्ने संस्कार नै हो । यस्तो बेलामा सायद वेद कुमारी गुरुआमामा ठुला घरानाका महिलाको स्थिति र उनीहरूको सोच बारे बुझेर, महिला जगत्को संवेदनशील स्थितिको अनुभूति भएर यो ‘कर्मठ महिलालाई पुरस्कृत’ गरेर ‘महिलाको मुक्ति महिलाहरू नै जागेपछि मात्र हुनसक्छ’ भन्ने कुरा सम्प्रेषण गर्न खोज्नु भएको हुनु पर्छ ।

वास्तवमा, रथको एउटा चक्का मानिएको नारी जगत्को चक्का अर्को चक्काभन्दा कमजोर र अर्को चक्कासँग समान रूपमा गुड्न नसकेको कुरा त हामीलाई थाहै छ । यसमा हावा भर्नका लागि, फ्रिबल बदल्न वा मोबिल लगाएर सहज रुपमा दौडने बनाउन यस्ता पुरस्कार पनि एकदम प्रभावकारी बन्ने छन् नै । त्यसैले मलाई अहिले गुरु चूडामणि रेग्मी तथा गुरुआमा वेद कुमारी रेग्मीको यो पुरस्कार स्थापना गर्ने सोचको तात्पर्य बुझ्दै गएको बोध हुँदै छ ।

यो लेख लेख्तै गर्दा झापाको यो सुसेली साहित्यिक परिवार रहेको संसदीय क्षेत्र मात्र होइन, झापाभरिका मित्रहरूले त्यस्ता दुःख, अप्ठेरा र सामाजिक कुसंस्कार विरुद्ध पौंठेजोरी खेल्दै नलत्रीकन, नदपीकन, निराश नभइकन कठिनाइसँग जुधिरहेका सकेसम्म नयाँ सोच र नयाँ विचारको प्रतिनिधित्व गर्ने महिलाहरूको जानकारी गराएर सुसापलाई सहयोग गर्न आग्रह पनि गर्दछौँ । साथै यो सोचको स्फुरण गर्दै अक्षय कोष स्थापना गरिदिएर महिलाहरूको सशक्तीकरणमा इँटा थप्ने गुरु र गुरुआमामा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: