कर कार्यालयको सहकार्यमा धुलावारीमा चेम्बरको घुम्ती शिविर

  प्रकाशित मिति
२६ माघ २०७७, सोमबार १३:२६


मेचीनगर, २६ माघ । आन्तरिक राजस्व कार्यालय भद्रपुर र मेची चेम्बर अफ कमर्स मेचीनगरको संयुक्त आयोजनामा धुलावारीमा करदाता शिक्षा तथा पान दर्ता घुम्ती शिविर सञ्चालन भएको छ ।

धुलावारीस्थित चेम्बरको कार्यालयमा भएको कार्यक्रम उद्घाटन अवसरमा आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले कर सम्बन्धी कुनै पनि कामका लागि बिचौलिया आवश्यक नभएको बताए ।

करदातासँग सीधा सम्पर्क स्थापित गरेर परामर्श तथा सेवा प्रदान गर्न कार्यालय तत्पर रहेको उनले बताए ।

संघ संस्थामा रहेकाहरुलाई व्यक्तिगत पान र व्यवसाय भएकाहरुलाई संस्थागत पान दर्ता गर्न श्रेष्ठले आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर वडा नं. १० का अध्यक्ष सुदय पनेरुले व्यवसायीहरुको सेवामा लाग्ने संस्थाहरु नै सफल भएर अघि बढ्ने धारणा व्यक्त गर्दै आफ्नै क्षेत्रमा कर शिक्षा कार्यक्रमको आयोजना गरेकोमा चेम्बरलाई धन्यवाद दिए ।

कार्यक्रमका सभापति एवम् चेम्बरका अध्यक्ष ललितकुमार बोहोराले कर शिक्षा तथा पान दर्ता लगायतका कामका लागि मेचीनगरका व्यवसायीहरुले चन्द्रगढीसम्म धाउनु नपरोस् भनेर घुम्ती शिविरको आयोजना गरिएको बताए ।

आयोजक चेम्बरका वरिष्ठ उपाध्यक्ष रविन बस्नेतले स्वागत मन्तब्य ब्यक्त गरेको सो अवसरमा सचिव नारायण प्रसाईले उद्घोषण र प्रमुख कर अधिकृत श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा कर कार्यालयका प्रमुख र अन्य कर अधिकृतहरुले पान दर्ता, भ्याट दर्ता, आयकरलगायतका विषयमा करको प्रक्रिया, कानूनी व्यवस्था र फाइदाका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा महिला उद्यमीहरुको समेत उल्लेख्य सहभागी थियो । सहभागीहरुले कर अधिकृतहरुसँग विभिन्न जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: