कर नबढाउन नयाँ शक्तिको माग

  प्रकाशित मिति
२२ असार २०७३, बुधबार १२:२८


Tax

मेचीनगर । नयाँ शक्ति नेपालका नेताहरूले एकीकृत सम्पत्ति करको दर बढाउने मेचीनगर नगरपालिकाको निर्णय फिर्ता लिन माग गरेका छन् ।

यत्रोविधि कर बढाएर गरीव नगरवासीको थाप्लोमा बोझ थपेको धारणा राख्दै पार्टीका नेताहरूले मङ्गलवार आयोजित छलफलमा सो कर साविकमै झार्नु पर्ने निष्कर्ष निकालेका छन् ।

काँकरभिट्टामा पार्टीले नगरपालिकाको सम्पत्ति कर बृद्धि विषयमै छलफल आयोजना गरेको थियो । छलफलले पत्रकार जीएन शर्माद्वारा कर बृद्धि खारेजीको माग गर्दै चालिएको कानूनी कार्वाहीको अभियानप्रति ऐक्यबद्धता जनाइएको छ ।

नयाँ शक्ति नेपालका जिल्ला संयोजक कुमार क्षेत्रीले मेचीनगर नगरपालिकाको यस्तो निर्णय जनताका लागि अप्रत्यासित, अमर्यादित र पीडादायी भएको बताए । पार्टीका प्रदेश सदस्य वीरबहादुर श्रेष्ठले मेचीनगर नगरपालिकाको कुनै पनि गतिविधि सन्तोषजनक नभएको टिप्पणी गर्दैै जनताबाट भारी कर असुलेर नगरपालिकाले विवादास्पद योजनामा खर्च गर्दै आएकोमा आपत्ति जनाए ।

पार्टीका जिल्ला सदस्य एसपी लुइँटेलले जनताको थाप्लोमा करको बोझ बढाउने निर्णय नगर परिषदले कुन नीतिगत विवेक प्रयोग गरेको हो र कसका लागि गरेको हो भन्ने प्रश्न गरेका थिए ।

छलफलमा पार्टीका नगर संयोजक पुष्पप्रसाद पौडेलले नगरपालिका भन्ने वित्तिकै जनात तर्सिने र आत्तिने परिस्थिति आएको जनाउँदै नगरवासीबाट असुलिएको कर सदुपयोग हुन नसकेको गुनासो गरेका छन् ।

मेचीनगर नगरपालिकाले आव २०७२÷०७३ देखि नै एकीकृत सम्पत्ति कर साविकभन्दा ६०० प्रतिशतसम्म बढाएको छ । यस विषयमा गत वर्ष स्थानीय प्रमुख राजनीतिक पार्टी र तिनका भ्रातृ सङ्गठनहरूले सशक्त आन्दोलनमा उत्रिएको बताए पनि ती आन्दोलन केही समयमै सेलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: