कर सप्ताहमा सर्वाधिक करदाता र उत्कृष्ट कर्मचारी सम्मानित

  प्रकाशित मिति
१० मंसिर २०७७, बुधबार ०८:००


भद्रपुर, ९ मंसिर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले सबैभन्दा बढी आयकर बुझाउने चार करदातालाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा आव २०७५/०७६ मा सबैभन्दा बढी आयकर तिर्नेमा झापा जिल्लाबाट समिट लघुवित्त वित्तीय संस्था लिमिटेड, इलाम जिल्लाबाट फिक्कल उत्तम स्टार, पाँचथर र ताप्लेजुङ जिल्लाका करदाताहरु क्रमशः शिब गौरी सप्लायर्स र पाथिभरा हार्डवेयर सेन्टर रहेका छन् ।

उनीहरुलाई नवौँ राष्ट्रिय कर दिवसको अवसर पारेर सम्मान गरिएको आन्तरिक राजस्व कार्यालयका प्रमुख युवराज श्रेष्ठले बताए ।

उनले करदाता सेवा कार्यालयहरुमा कार्यरत कर्मचारीहरू उत्कृष्ट तीन कर्मचारीलाई समेत सम्मान गरेको बताए ।

सम्मानित हुनेमा आन्तरिक राजस्व कार्यालय झापाका टानासु प्रद्युम्न न्यौपाने, करदाता सेवा कार्यालय फिदिमका कर अधिकृत किरण लिम्बु र करदाता सेवा कार्यालय इलामका डाटा इन्ट्री सुपरभाइजर सोनाम वाङ्देल रहेका छन् ।

नेपालमा कानुनी व्यवस्थासहित आयकर सुरुवात भएको ६ दशक र भ्याट सुरु भएको दुई दशक पूरा भएको छ ।

नेपालमा भ्याट लागु भएको दिन मंसिर १ लाई कर दिवसको रुपमा मनाउने गरिन्छ ।

कार्यालयले मङ्सिर १ देखि ७ गतेसम्म नवौँ राष्ट्रिय कर दिवस एवम् कर सप्ताह मनाएको छ । यस वर्ष ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी कार्यक्रमहरू गरेको छ ।

यस वर्ष कोभिड १९ को महामारीका कारणले भव्य कार्यक्रम नभए पनि सप्ताहब्यापी कार्यक्रम घोषणा गरी राष्ट्रिय कर सप्ताहको पहिलो सेवाग्राही अर्जुनधारा वडा नं. ३ का रामप्रसाद घिमिरेलाई फुलमालासहित सम्मान गरी राष्ट्रिय कर दिवस एवम् कर सप्ताह कार्यक्रमको आरम्भ भएको थियो ।

योसंगै विभिन्न क्षेत्रका करदाताहरुसँग अनलाइन अन्तरक्रिया कार्यक्रम, कार्यालय सरसफाई कार्यक्रम साथै पत्रपत्रिकामा कर सम्बन्धी सचेतनामूलक सामाग्रीको पचारप्रसार लगायतका कार्यक्रम गरी राष्ट्रिय कर दिवस एवं कर सप्ताह मनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: