धुलाबारी । मेची उद्योग बाणिज्य संघले कर सम्बन्धी सचेतना जगाउने उद्देश्यले मेचीनगर क्षेत्रका उद्यमी, व्यवसायीहरुसँग मङ्गलबार अन्तरक्रिया गरेको छ ।
संघकै सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डे रहेका थिए ।
कार्यक्रममा सदस्य पाण्डे व्यवसायीहरुलाई सम्मानजनक व्यवसाय गर्नका लागि करको दायरामा आउन अनिवार्य रहेको बताए । उनले खस्कँदो व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न करलाई व्यवसायीमैत्री बनाउन आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्यलाई अनुरोध गरेका थिए ।
कार्यक्रमका विशेष अतिथि रहेका प्रमुख आचार्यले करको दररेट, आयाकर, मु.अ.कर र अन्तशुल्क सम्बन्धी व्यवस्थाका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
संघका उपाध्यक्ष धु्रव कनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करकै विषयमा राजस्व कार्यालयकै अधिकृत छविलाल भट्टराईले थप जानकारी गराएका थिए ।
सचिव ऋषि तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा मेचीनगर क्षेत्रका होटल व्यवसायी, हार्डवेयर तथा किराना पसल सञ्चालक, सुनचाँदी व्यवसायी खुद्रा व्यापारी र कस्मेटिक व्यवसाय सञ्चालकहरुको सहभागिता रहेको संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले जानकारी दिए ।