कलाकारसहित पत्रकार र साहित्यकार पुरस्कृत

  प्रकाशित मिति
२९ असार २०७५, शुक्रबार १५:५८


काँकडभिट्टा । भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेसहित साहित्यकार र पत्रकारलाई सम्मान गरेको छ ।

२०५ औँ भानु जयन्तीको अवसरमा आज काँकडभिट्टामा भएको कार्यक्रममा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याए वापत कलाकार सीताराम कट्टेल र कुञ्जना  घिमिरेलाई १ लाख रुपैयाँको भानु पुरस्कार प्रदान गरिएको हो ।

पत्रकार राजु अधिकारीलाई २५ हजार रुपैयाँको धनमाया देवकुमारी, प्रजापति उप्रेती पत्रकारिता पुरस्कार र साहित्यकार राजेन्द्र सङ्ग्रौलालाई २५ हजार रुपैयाँको हेमराज मेदनी खरेल साहित्यिक पुरस्कार प्रदान गरिएको छ ।
दृष्टिविहीन गायक जेठा मुर्मुलाई भानु प्रतिभा पुरस्कार र इन्जिनियर रुद्र मैनालीलाई प्रतिभा सम्मान प्रदान गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले दोसला, सम्मान पत्र र नगदले सम्मान गरेका थिए ।

कार्यक्रममा काँकडभिट्टामा रहेको भानुको पूर्णको शालिकमा माल्यर्पण गर्दै उपकुलपति घिमिरेले आजै प्रतिष्ठानको कर्यालयको उद्घाटन समेत गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिका मेयर विमल आचार्य, पत्रकार चन्द्र भण्डारी, यज्ञराज प्रसाईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य डिल्लीराम घिमिर र स्वागत गीत मातृका संग्रौलाले गाएका थिए ।
यकार पुरस्कृत

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: