झापा, २२ कार्तिक । प्रसिद्ध कलाकार मनोज गजुरेलको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
कार्तिक १० गते कोरोना पोजेटिभ भएका उनलाई अत्यधिक ज्वरोसहितको लक्षण देखिएपछि प्रहरी अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ ।
शुक्रवार नै उनले फेसबुक पोस्टमार्फत आफ्नो स्वास्थ्यमा सुधार आउन थालेको जानकारी दिएका थिए ।
आज उनको स्वास्थ्यमा अझ सुधार आएको बताइएको छ । उनको स्वास्थ्यलाई लिएर शुभचिन्तकहरुले व्यापक चिन्ता व्यक्त गरिरहेका छन् ।
उनी झापाको धरमपुर निवासी हुन् ।