कविता भन्छिन्–‘माइत जान्छु जान्छु’

  प्रकाशित मिति
२५ श्रावण २०७३, मंगलवार १९:३९


kabita-siwakotiविर्तामोड । नारीहरूको रमाइलो चाड तीज आउन एक महिना बाँकी छँदै बजारमा तीजको रौनक बढ्न थालिसकेको छ ।

विवाहिता नारीहरू अहिलेदेखि नै तीजको किनमेल र माइत जाने योजनामा जुट्न थालिसकेका छन् । तीजको रौनक बढाउने नयाँ नयाँ गीत पनि बजारमा आउन थालिसकेको छ ।

यसैविच, झापाली चेली कविता शिवाकोटीले ‘पतिदेव’ नामक तीजमा आधारित म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । चर्चित गायिका मेलिना राईसँग मिलेर गाएको यो गीतको भिडियो ‘युट्युव’मा सोमवार सार्वजनिक गरिएको हो ।

तीजको सांस्कृतिक महत्व समेत झल्काउने यस गीतलाई युट्युवका दर्शकले रुचाएका छन् ।
गीतमा गायिका शिवाकोटीको स्वर सुन्न र अभिनय हेर्न पाइने छ । उनलाई अभिनयमा सिने नायिका एवम् मोडल रिस्ता अधिकारीले साथ दिएकी छन् । भुपाल शिवाकोटी, शङ्कर वीसी लगायतको समेत यसमा अभिनय देख्न पाइने छ ।

गीतले भन्छ–
‘पतिदेव हजुरले भनेको सबै कुरा मान्छु,
तर आज जे भने नि माइत जान्छु जान्छु ।
खानेकुरा ठिक्क छन्, लाउने कुरा ठिक्क छन्
हजुरको लागि बन्दोवस्त पूरा छ,
दिदी बहिनी आजै नै माइत जाने कुरा छ ।

सँगै नाच्छौँ, सँगै खुशी बाड्छौँ, सङ्गीनी गीत गाएर
एक दिन त हो नि आमासँग बस्छौँ रमाएर ।
रोकेर हुँदैन, छेकेर हुँदैन, तीज लागेको छ हैँ लै बरी लैँ ।

भाइब्स क्रिएसनको प्रस्तुति रहेको ‘पतिदेव’ म्युजिक भिडियोमा शब्द कृष्ण उदासी र गौरव दर्पणको, सङ्गीत गौरव दर्पणको र निर्देशन शङ्कर बीसीको रहेको छ ।

शब्द, स्वर र अभिनय तिनवटै एङ्गलबाट उत्कृष्ट रहेको ‘पतिदेव’ म्युजिक भिडियोले कविता शिवाकोटीको गायकीलाई आम दर्शकमाझ परिचित गराउने छ ।

हालसम्म २ वटा गीति सङ्गालो बजारमा ल्याइसकेकी र दर्जन भन्दा बढी गीतमा स्वर भरिसकेकी झापाली चेली कविताले दर्शकको हौसला पाएमा आगामी दिनमा व्यावसायिक रुपमा नै साङ्गीतिक क्षेत्रमा लाग्ने बताएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: