कसैप्रति आग्रह र पूर्वाग्रह हामी राख्दैनौं

  प्रकाशित मिति
७ श्रावण २०७८, बिहीबार १६:१२


आदरणीय पाठक तथा दर्शकहरु,

ह्याकर हमलाको एक सातापछि आज लोकतन्त्र पोस्ट अनलाइन खुलेको छ । साइबर अपराधमा संलग्नको पहिचान अझै हुन सकेको छैन । थाहा पाउने वित्तिकै साइट सटडाउन गरिएको थियो । समस्या समाधानका लागि सक्रिय सहयोग पुर्याउने सबै पक्षलाई हार्दिक धन्यवाद । प्रकाशनको कठिनाइलाई बुझेर एक सातासम्म धैर्यधारण गर्नुहुने श्रद्धेय पाठक तथा दर्शकप्रति आभार ।

साथै,

प्रधानमन्त्री शेरबहादुर देउवाका विषयमा ज्योतिषीहरुले गर्नुभएको भविष्यवाणीका बारेमा असार ३१ गते प्रकाशित समाचारमा लोकतन्त्र पोस्ट अनलाइनले एउटा कार्टुन समेत प्रकाशित गरेको थियो । सो कार्टुनको सन्देशका बारेमा शुभचिन्तकहरुबाट प्राप्त सुझावलाई ग्रहण गर्दै हामीले सो कार्टुनलाई पृष्ठ (अनलाइन)बाट हटाएका छौं । प्रधानमन्त्रीको अपमान गर्ने हाम्रो कुनै मनसाय थिएन, छैन । कार्टुनबाट गलत सन्देश गएको भनेर सुझाव दिनुहुने सबैप्रति आभारी छौं ।

आम नागरिकको सत्य र तथ्य सूचना पाउने हकका लागि हामी निरन्तर क्रियाशील छौं । कसैप्रति आग्रह र पूर्वाग्रह हामी राख्दैनौं । आगामी दिनमा पनि हाम्रा गतिविधिहरु निरन्तर निगरानी गरिदिनु हुन र सल्लाह सुझाव प्रदान गरिदिनु हुन प्रवुद्ध महानुभावहरुमा अनुरोध गर्दछौं ।

धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    l[email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: