कस्ता व्यवसायीले कहिले तिर्ने ऋण ?

  प्रकाशित मिति
१२ श्रावण २०७७, सोमबार २२:१४


मेचीनगर । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेको छ ।
सो निर्देशन बमोजिम मौद्रिक नीतिमा गरिएको व्यवस्था बैंक तथा वित्तीय संस्थाहरुले कार्यान्वयन गर्नु पर्नेछ ।

जस अनुसार कोरोनाबाट अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई १ वर्ष अर्थात आगामी असार मसान्तसम्म, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ९ महिना अर्थात चैत मसान्तसम्म तथा न्यून प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ६ महिना अर्थात पुस मसान्तसम्मका लागि ग्रेस अवधि थप हुनेछ ।

तर, सम्बन्धित निकायबाट स्वीकृतिप्राप्त पर्यटकस्तरीय होटलको हकमा अधिकतम २ वर्षसम्मका लागि ग्रेस अवधि थप गर्न सकिनेछ । यसरी ग्रेस अवधि थप गर्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाले कार्यविधि बनाई संचालक समितिबाट स्वीकृत गराई लागू गर्नु पर्नेछ ।

थप भएको ग्रेस अवधिको ब्याजलाई पुँजीकरण नगरी ग्रेस अवधि भित्र कम्तीमा ३ किस्तामा भुक्तानी हुने गरी असुलीको व्यवस्था गर्नु पर्नेछ ।

तोकिएको तालिकाबमोजिम भुक्तानी गर्ने ऋणीसँग बैंक तथा वित्तीय संस्थाहरुले कुनै किसिमको पेनाल ब्याज, शुल्क, हर्जाना, ब्याजको ब्याज लिन पाउने छैनन् ।

अति प्रभावित उद्योग व्यवसायलाई सुचारु गर्न, सहजीकरण गर्ने प्रयोजनको लागि ऋणीको आवश्यकता र उद्योगरव्यवसायको सम्भाव्यताको विश्लेषण गरी २०७६ चैत मसान्तमा कायम चालु पुँजी कर्जाको सीमामा एक पटकको लागि बढीमा २० प्रतिशतसम्म थप चालु पुँजी कर्जा प्रवाह गर्न सकिनेछ ।

यस्तो थप कर्जा उत्पादनलाई निरन्तरता दिने, कच्चा पदार्थ खरीद गर्ने, कर्मचारीरकामदारको पारिश्रमिक भुक्तानी गर्ने जस्ता कार्यको लागि मात्र प्रवाह गर्न सकिनेछ । यस्तो कर्जाबाट बैंक तथा वित्तीय संस्थाले बक्यौता साँवा तथा ब्याज असूल गर्न पाउने छैनन् ।

अति प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको आवश्यकता, धितोको पर्याप्तता, कर्जा जोखिम व्यवस्थापन तथा ऋणीको आदिको विश्लेषण गरी २० प्रतिशतभन्दा बढी थप कर्जा प्रवाह गर्न यो व्यवस्थाले बाधा नपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

अति प्रभावित क्षेत्र

पर्यटनः ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, ¥याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि ।

होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष, साहसिक पर्यटनः स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर ¥याफ्टिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत ।

गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेसस चलचित्र उत्पादन, वितरण, सिनेमा हल,

रोजगारी गुमेका वा वित्थामा परेका श्रमिक, कामदार वा कर्मचारी (स्वदेशमा वा विदेशमा)

मूलभुत रुपमा सडेर गलेर जाने वस्तु (जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि) उत्पादन तथा बिक्री वितरण, कुखुरापालन व्यवसाय, पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय ।

तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक ।

मध्यम प्रभावित क्षेत्र

खप्ने सामान (जस्तै प्लास्टिक, फलाम÷स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि) उत्पादन तथा बिक्री वितरण सँग सम्बन्धित उद्योग व्यवसाय ।

नीजि तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर, यात्रुवाहक स्थल, यातायात, ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप, कानूनी, लेखा, इन्जिनियरिङ लगायतका परामर्श सेवा वा व्यवसाय, अस्पताल, क्लिनिक, नर्सिंङहोम, डायग्नोस्टिक सेन्टर, हेल्थ सेन्टर वा फिट्नेस सेन्टर ।

भण्डारण गर्न सकिने बस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण, वन तथा खनिजजन्य उद्योग, निर्माण व्यवसाय, औषधि उत्पादन, छपाइ, प्रकाशन तथा संचार गृह, निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा, पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय ।

न्यून प्रभावित क्षेत्र

उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत आयोजना, अनलाइन (इकमर्स) मा संलग्न व्यवसाय, खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसाय, दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री वितरण ।

आयातजन्य व्यापार, पेट्रोल पम्प, ग्यास तथा पानी सम्बन्धित व्यवसाय, औषधि बिक्री वितरण, विज्ञापन सेवा, इन्टरनेट, दूरसंचार सेवा प्रदायक कम्पनी, मदिरा तथा सूर्तिजन्य उद्योग व्यापार, व्यवसाय, ट्रक, ढुवानी व्यवसाय, सुन, चाँदीका गहना तथा बहुमुल्य पत्थर सम्बन्धी व्यवसाय ।

यहाँ उल्लेख नभएका क्षेत्रका उद्योग, व्यवसायको हकमा इजाजतपत्रप्राप्त संस्थाले वित्तीय अवस्था तथा नगद प्रवाहको विस्तृत विश्लेषण गरी उद्योग, व्यवसायलाई कोभिड–१९ को कारण परेको असर, पुनः सञ्चालनमा आई पूर्ववत् अवस्थामा फर्कन लाग्ने समय तथा सोको लागि चाल्नु पर्ने कदम समेतको अध्ययन गरी स्पष्ट आधारसहित तीनमध्ये कुनै एक वर्गमा वर्गीकरण गर्न सक्नेछन् ।

(सेतोपाटीबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: