कहाँबाट कोरोना सर्यो काठमाडौंबाट आएकालाई ?

  प्रकाशित मिति
१० असार २०७७, बुधबार १६:१६


मेचीनगर, १० असार । अहिलेसम्म नेपालमा कोरोना देखा पर्ने व्यक्तिहरु कि त भारतबाट आउनेहरु छन् कि त खाडी मुलुक तथा यूरोप अमेरिकाबाट आउनेहरु छन् । तर काठमाडौंबाट झापामा घर फर्केका व्यक्तिमा कोरोना कसरी सर्यो ? यो खोजीको विषय भएको छ ।

स्रोतका अनुसार काठमाडौंबाट घर फर्केका मेचीनगर–१ का ६२ वर्षीय पुरुष र मेचीनगर–९ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको छ ।

उनीहरु काठमाडौंमा लकडाउनमा फँसेका थिए । राजधानीबाट बाहिर जान सरकारले अनुमति दिएपछि बस चढेर उनीहरु झापा आएका थिए । झापा आएपछि सिधै मेचीनगर–१० धुलावारीस्थित राधास्वामी भवनको उनीहरुलाई राखिएको हो ।

उनीहरु कुन अवस्थामा कहाँ संक्रमित भए त ? काठमाडौंमा रहँदाबस्दा, बसमा आउँदा र क्वारेन्टाइनमै रहँदामध्ये एउटा कुनै अवस्थामा उनीहरु संक्रमित भएको हुनुपर्छ ।

दुबैजनाको यही असार ७ गते स्वाव संकलन गरी असार ८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानको प्रयोगशालामा पठाइएको थियो । असार ९ गते अबेर दुबैको परीक्षणको रिपोर्ट आउँदा उनीहरु संक्रमित रहेको पत्ता लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: