देवकोटाको शालिकमा माल्यार्पणसहित भव्य कार्यक्रम : (फोटो फिचर)

  प्रकाशित मिति
८ कार्तिक २०७९, मंगलवार १६:१५


मेचीनगर, ८ कात्तिक । सुसेली साहित्यिक परिवार मेचीनगरले काँकरभिट्टामा लक्ष्मी प्रसाद देवकोटाको ११४ औं जन्मजयन्तीको अवसर पारेर आज भव्य कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुका साथै विभिन्न स्रष्टाहरुले कविता बाचन गरेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकूलपति तथा साहित्यकार गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बरिष्ठ पत्रकार तथा साहित्यकार चन्द्र भण्डारी, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, प्रज्ञा सभा सदस्य सुभद्रा अर्याल, पुण्य खरेल लगायतले देवकोटाले नेपालीमा साहित्यमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

सुसेलीले लक्ष्मीपूजाको दिन प्रत्येक बर्ष सो पार्कमा भव्य कार्यक्रम गर्दै आएको छ । सुसेलीका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार भुवन सुब्बा, मिरा पोखरेल, गणेश निरौला, लय भण्डारी, विनोद खनाल, ज्ञानेन्द्र ढुंगाना, देवेन खरेल लगायतले कविता बाचन गरेका थिए ।

कार्यक्रमको सञ्चालन मदन अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: