काँकडभिट्टामा महिलाले निकाले हिंसा विरुद्ध र्याली

  प्रकाशित मिति
२४ बैशाख २०७५, सोमबार १४:४६


मेचीचनगर । पूर्वाञ्चल क्षेत्रमा महिला हिंसाका घटना बढेको विरोधमा आज काँकडभिट्टामा महिलाहरुले विरोध र्याली प्रदर्शन गरेका छन् ।

राष्ट्रिय महिला आयोगले २०७४ सालमा प्रकाशित गरेको तथ्यांकमा सबैभन्दा बढी घटना पूर्वमा भएका कारण उनीहरुले सरकारको ध्यानाकर्र्षण गराउन र्याली गरेका हुन् ।

स्वतः स्फूर्त रुपमा निस्किएका महिलाहरुले काँकडभिट्टास्थित हनुमान मन्दिरबाट र्याली सुरु गरेर बजार परिक्रमा पछि त्यही आएर कोणस सभामा गरेका थिए ।

उनीहरुले ‘बलात्कारका अपराधीलाई फाँसी दे, महिला एकता जिन्दावाद, महिला हिंसा बन्द गर’लगायतका नारासहित विरोध र्याली गरेका थिए ।

महिला जनचेतना केन्द्रकी अध्यक्ष राधा प्रधान कार्कीले झापाको पूर्वी नाका काँकडभिट्टाबाट सुरु भएको विरोध र्याली पूर्वाञ्चल क्षेत्रको इलाम, ताप्लजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटालगायत दशैभरका जिल्लामा गरिने बताइन् ।

उनीहरुले आजै विरोध र्यालीपछि स्थानीय मेचीनगर नगरपालिका र जिल्ला प्रशासन कार्यालय झापामा महिलाहरुको सुरक्षाको माग राख्दै ज्ञापन पत्र समेत बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: