काँकरभिट्टाका ६ वटा होटलहरु क्वारेन्टाइन

  प्रकाशित मिति
३ असार २०७७, बुधबार ०७:२९


।। अर्जुन कार्की ।।

मेचीनगर । मेचीनगर नगरपालिकाले काँकरभिट्टाका ६ वटा होटलहरुलाई क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।

नगरपालिकाले काँकरभिट्टाको रोयल आसाम होटल, रजत होटल, झापाली गेष्ट हाउस, कामना गेष्ट हाउस, भान्जा होटल र कामख्या होटललाई क्वारेन्टाइन बनाउने निर्णय गरेको हो ।

यी होटलहरुमा नेपाल र भारतबाट आएका २२ जना मानिसहरु क्वारेन्टाइनका रुपमा बसिरहेका छन् । 

नेपाल र भारतबाट पूर्वी सीमा नाकामा मानिसको घुइँचो बड्न थालेपछि त्यसको सुरक्षित व्यवस्थापन गर्नका लागि मेचीनगरपालिकाले काँकरभिट्टाका ६ वटा होटलहरुलाई क्वारेन्टाइनका रुपमा परिणत गर्ने निर्णय गरिएको नगरप्रमुख विमल आचार्यले बताए ।

वडाध्यक्ष तामाङ

नगरको वडैपिच्छे क्वारेन्टाइन र होल्डिङ प्वोइन्ट भएपनि नेपाल–भारत आवत–जावत गर्ने यात्रुहरुको भीडभाड बढेपछि त्यसको सहजताका लागि
काँकरभिट्टाका होटलहरुलाई क्वारेन्टाइनको रुपमा व्यवस्था गरिएको उनले बताए ।

मेचीनगर–६ नम्बर वडामा १ असारमा होटलमा क्वारेन्टाइन बनाउने विषयमा वडाध्यक्ष ललितबहादुर तामाङको नेतुत्वमा बसेको छलफलमा होटल व्यवसयी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल), सचिव हस्तबहादुर तामाङ, नेपाली नागरिक स्वदेश आगमन सहजिकरण समितिका संयोजक जनक कोइराला लगायत होटल सञ्चालकहरुको सहभागिता थियो ।

कोरोना भाइरसको महामारीले गर्दा सीमा नाकामा आवत–जावत गर्न यात्रुहरुलाई समस्या भएकाले सरकारको मापदण्ड अनुसार होटलको क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको वडाध्यक्ष तामाङले बताए ।

यात्रुलाई एउटा कोठाको एकदिनलाई ५ सयदेखि १ हजार रुपैयाँसम्म लिएर होटलको क्वारेन्टाइनमा राख्ने सहमति भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

वडाध्यक्ष तामाङका अनुसार होटलको क्वारेन्टाइनमा रेकर्ड राख्ने, सामाजिक दुरी कायम गराउने, सेनेटाइजर राख्ने, सावधानी अपनाउने, व्यवस्थापनलाई सहज बनाउने, क्वारेन्टाइनको मापदण्ड पूर्ण पालना गर्ने लगायतका निर्णय गरिएको छ ।

‘नेपालबाट आउनेलाई १४ दिन होटलमा राखेर आरडीटी गरेपछि होम क्वारेन्टाइनमा पठाउछौँ’ वडाध्यक्ष तामाङले भने–‘भारतबाट आएकालाई चाहिँ पीसीआर चेक गराईन्छ ।’

‘हामी पैसा तिरेर होटलको क्वारेन्टाइनमा बस्छौँ भन्नेलाई राख्छौँ । नत्र त नगरपालिकाले स्थापना गरेका वडाका क्वारेन्टाइनमा स्थानीय सरकारको खर्चमा राख्ने गरेका छौँ’–उनले भने ।

अध्यक्ष श्रेष्ठ

लकडाउनले मारमा परेका होटल व्यवसायी विस्थापित हुने अवस्था पुगेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

करडौँ लगानीमा सञ्चालनमा रहेका होटलहरुको बैँकको व्याज, किस्ता, पानी, बिजुली लगायतको विलमा सरकारले सहुलियत नदिएकोमा उनले गुनासो गरे ।

मेचीनगरमा मात्र ३३१ वटा दर्ता र दर्ता नभएका २०० वटा भन्दाबढी होटलहरु छन् ।

होटलको घर भाडा, बैँकको व्याज, किस्ता तिर्न नसकेर विस्थापित हुने अवस्था आएको  श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: