मेचीनगर, १ असोज । काँकरभिट्टाको विभिन्न होटल क्वारेन्टिनमा बसेका थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
विहीबार काँकरभिट्टाको होटल क्वारेन्टिनमा थपिने संक्रमितमा मेचीनगर–११ का १ जना र काठमाडौँका ३ जना पुरुष हुन् ।
भारतबाट आएका उनीहरु ४३, ४८, ५६ र ५६ वर्षका छन् । उनीहरुको ४ दिनअघि स्वाबको नमुना संकलन गरिएको थियो । आज उनीहरुको पीसीआरको रिपोर्ट पोजेटिभ आएको हो ।
उनीहरुलाई आज मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १३० पुगेको छ ।