काँकरभिट्टाको होल्डिङ सेन्टरमा रोटरीद्वारा अस्थायी शौचालय निर्माण

  प्रकाशित मिति
१७ असार २०७७, बुधबार २०:२१


मेचीनगर । रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्षमा कृष्णकान्त खनियाँले नयाँ कामको थालनीसँगै आफ्नो पदभार ग्रहण गरेका छन् ।

सन् २०२०÷२०२१ का अध्यक्ष खनियाँले काँकरभिट्टा माध्यमिक विद्यालय परिसरमा रहेको होल्डिङ सेन्टर तथा काँकरभिट्टा स्क्रिनिङ्ग सेन्टरमा दुईवटा अस्थायी शौचालय निर्माण गरी वडा सरकारलाई हस्तान्तरण गरेका छन् ।

त्यहाँ आवश्यक खानेपानीको व्यवस्था काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले निःशुल्क जडान गरिदिएको अध्यक्ष खनियाँले बताए ।

रोटरी क्लब अफ काँकरभिट्टाका, न्यायो सहयोग, रोट्रयाक क्लब अफ काँकरभिट्टा र रोट्रयाक क्लब अफ विर्तामोड मिडटाउनको पहमा करीव ५० हजार रुपैयाँ मुल्य बराबरमा दुईवटा अस्थायी शौचालय निर्माण भएको छ ।

उक्त ठाउँमा नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणकले सौजन्यरुपमा स्क्रिनिङ्गको व्यवस्था गरेको छ ।

अध्यक्ष खनियाँले मेचीनगर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङलाई चाबी हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: