काँकरभिट्टाबाटै ४६ करोडको फलफूल आयात

  प्रकाशित मिति
१४ असार २०७९, मंगलवार १२:३५


मेचीनगर, १४ असार । पूर्वी नाका काँकरभिट्टा हुँदै रु. ४६ करोडको फलफूल आयात भएको क्वारेन्टिन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक बर्ष २०७८/०७९ को जेठ मसान्तसम्ममा रु. ४५ करोड ९७ लाख २७ हजार बराबरको आठ हजार २३६ मेट्रिक टन फलफूल आयात भएको हो ।

आयातित फलफूलबाट कार्यालयले निवेदन दस्तुर वापत मात्र रु. १२ लाख राजस्व संकलन गरेको कार्यालयका प्रमुख देविन्द्र साहुले बताए ।

सो अवधिमा सबैभन्दा बढी स्याउ चीनबाट आयात भएको छ । उनका अनुसार रु. २९ करोड ७३ लाख ७ हजार मूल्य बराबरको ४ हजार ६४५ मेट्रिक टन स्याउ आयात भएको छ ।

यो नाका भएर १०महिनाको अवधिमा भूईकटहर मात्र रु. चार करोड ५१ लाख १० हजार बराबरको एक हजार ८७८ मेट्रिक टन आयात भएको छ ।

त्यसैगरी रु. १२ लाख ८० हजारको ४६ मेट्रिक टन केरा, रु. ७९ लाख ५१ हजारको नरिवल, रु. ६७ लाख ७० हजार जुनार, रु.४९ लाख ४९ हजारको आप, रु. दुई करोड ९७ लाख अनार, रु.७७ लाख ६१ हजार अंगुर, रु. एक करोड ७८ लाख ७८ हजारको सुन्तला, रु.३६ लाख ७३ हजार नास्पति, रु पाँच लाख ९८ हजारको अम्बा, रु. ९३ लाख ८४ हजार बराबरको खर्बुजा आयात भएको कार्यालयले जनाएको छ ।

उनले सबैभन्दा बढी भारत र चीनबाट फलफूल आयात भएको जानकारी दिए । यो नाका भएर आउने फलफूल प्रदेश नम्बर १ का बजारदेखि काठमाडौंसम्म पुग्ने गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: