काँकरभिट्टामा अभियन्ताहरुको प्रदर्शन

  प्रकाशित मिति
५ फाल्गुन २०७७, बुधबार १९:०१


काँकरभिट्टा, ५ फागुन । बैतडीकी भागिरथा भट्ट र कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कडा सजायको माग गर्दै आज साँझ पूर्वी नाका काँकरभिट्टा अभियन्ताहरुले प्रदर्शन गरेका छन् ।

हाम्रो अभियान, देबकोटा पार्कलगायतका संस्थाहरुको आयोजनामा भएको प्रदर्शनमा सामाजिक अभियन्ता, पत्रकार, रंगकर्मी, साहित्यकार, विद्यार्थी र युवा जमातको सहभागिता थियो ।

बलात्कारीलाई कार्वाही गर लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीले काँकरभिट्टा बजार परिक्रमा पछि हनुमान मन्दिर अगाडि कोणसभा र दिवंगत आत्माको चिर शान्तिका लागि दीप प्रज्ज्वलन गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै हाम्रो अभियानका संयोजक तथा पत्रकार खगेन्द्र घिमिरेले एकपछि अर्को बलात्कार र हत्याको श्रृंखलाले समाजमा चेलीहरु असुरक्षित भएको जनाउँदै सरकारले दोषी पत्ता लगाउन र कडा कार्वाही गर्न नसकेको बताए ।

उनले राजनीतिक शक्तिहरु कुर्सी र पदका लागि जनतालाई सडकमा उतार्न आतुर भए तापनि चेलीहरु असुरक्षित भइरहँदा मौन भएको आरोप लगाए । उनले भागिरथा भट्टाको हत्यारालाई आज प्रहरीले सार्वजनिक गरे तापनि निर्मला पन्तको हत्यारा अझसम्म पत्ता लाग्न नसकेकोमा सरकारको तीब्र आलोचना गरे ।

कार्यक्रममा देवकोटा पार्क समितिका अध्यक्ष बालकृष्ण थापा, परिवतृन थिएटरकी अध्यक्ष कविता नेपाल, सामाजिक अभियन्ता नरेश महरा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: