काँकरभिट्टामा आजदेखि फुटबल प्रतियोगिता सुरु

  प्रकाशित मिति
१ आश्विन २०७८, शुक्रबार २०:१३


मेचीनगर, १ असोज । काँकरभिट्टामा आजदेखि ‘मेचीनगर युवा कप’ प्रतियोगिता सुरु भएको छ ।

मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेल मैदानमा सुरु फुटबल प्रतियोगितामा पहिलो दिन वडा नम्बर ७, वडा नम्बर ११ र डाउन टाउन फुटबल क्लब रमाईलो गाउँ विजयी भएका छन् ।

उद्घाटन खेलमा आयोजक राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीलाई २–० गोलले पराजित गदैं वडा नम्बर ७ वियजी, दोस्रो खेलमा वडा नम्बर ११ ले वडा नम्बर १४ लाई ३–१ गोल अन्तरले पराजित गदैं दोस्रो चरणमा पुगेको छ ।

आयोजकका गोलरक्षक आदेश गिरीले विपक्षीका रोहन बुढाथोकीलाई लडाएपछि पेनाल्टी पाएका थिए । विधान राउतको प्रहार गोलरक्षकले नियन्त्रणमा लिन नसक्दा नयाँ खाता खोलेका थिए । वडा नम्बर ७ कै विवेक राजवंशीले अर्काे गोल गदैं आफ्नो टिमलाई जित दिलाएका थिए ।

त्यसैगरी दोस्रो खेलमा वडा नम्बर ११ का विशाल दर्जी, अजय राजवंशी र जमिन लक्सनले १–१ गोल गरेका थिए भने वडा नम्बर १४ का तर्फबाट सन्तोष बेस्राले १ गोल मात्र फर्काए ।

त्यस्तै तुर्केनी फुटबल क्लब डाउन टाउन फुटबल क्लब रमाइलो गाउँसँग टाइव्रेकरमा ५–४ गोल अन्तरले पराजित भएको थियो । दुवैले १–१ गोल गरेका कारण निर्णयका लागि खेल टाइव्रेकरमा गएको थियो ।

प्रतियोगितामा मेचीनगरका १९ वटा टिमको सहभागीता छ । आगामी असोज ८ गतेसम्म हुने प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्ता, उत्कृष्ट फरवार्ड, सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी र मेडल प्रदान गरीने आयोजक कमिटीका अध्यक्ष मानबहादुर तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: