काँकरभिट्टामा ‘फेसन शो’

  प्रकाशित मिति
१९ पुष २०७५, बिहीबार १०:०९


मेचीनगर । पर्यटकीय आगमन हुने मुख्य नाका काँकरभिट्टालाई सिर्जनशील नगरको रुपमा चिनाउने उद्देश्य लिएर पूर्वाञ्चल फेसन विक सम्पन्न भएको छ ।

ग्रीन प्यालेस होटलमा विर्तामोडको आरएस डान्स एकाडेमीले बुधवार साँझ आयोजना गरेको उक्त फेसन शो कार्यक्रममा ४८ जना मोडलले विभिन्न पहिरन प्रस्तुत गरेका थिए ।

आयोजक आरएस डान्स एकाडेमी छमछमी विजेता अनुजा अग्रवालले सञ्चालन गरेको संस्था हो ।

निकै चिसो साँझको समेत पर्वाह नगरी मोडलिङ हेर्न होटल ग्रीन प्यालेसको परिसरमा बुधवार राति अबेरसम्म दर्शकहरुको घुइँचो थियो ।

मिस प्लानेटको उपाधि बिजेता मोडेल एलिसा अधिकारीले काँकरभिट्टालाई लागू औषधको ट्रान्जिटको रुपमा विगतमा बद्नाम गरिए पनि अब मनोरञ्जन नगरको रुपमा चिनाउनु पर्ने धारणा व्यक्त गरेकी छन् ।

कार्यक्रममा छमछमी बिजेता अनुजा अग्रवाल, गायिका तृष्णा गुरुङ, उद्घोषक अनुपमा वाँस्तोला, राकेश थापा लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागिता थियो ।

४५ जना मोडलहरुले पालैपालो र समूहमा सिजनल फेसनलाई र्याम्पमा प्रस्तुत गर्दा बजेको धमाकेदार म्युजिकमा युवा दर्शकहरु उल्लासित देखिएका थिए ।

मेचीनगर लेडी जेसीजकी पूर्व अध्यक्ष उषा श्रेष्ठले डिजाइन गरेको आकर्षक पहिरनहरु कार्यक्रमको पहिलो चरणमै प्रदर्शन गरिएका थिए ।

आफुले गरेका फेसन डिजाइन आफ्नै नगरमा प्रदर्शन गर्न पाएकोमा उत्साहित भएको डिजाइनर श्रेष्ठले बताइन् ।
मोडलिङ सहभागी सबै भाइवहिनीहरु झापा, धरान र सिक्किमको भएको बताइएको छ ।

कलाकारहरुले रोचक बेली डान्स प्रस्तुत गरेका थिए भने कार्यक्रमको कोरियोग्राफी काँकरभिट्टाकै निलम गुरुङले गरेकी थिइन् ।

करीव ७ सय दर्शकको अपेक्षा आयोजकले गरेका छन् । प्रवेशका लागि टिकट लिनु पर्ने व्यवस्था मिलाइएको थियो । दर्शक खचाखच थिए ।

कार्यक्रमको प्रमुख अतिथि संविधानसभा सदस्य एवम् होटल ग्रीन प्यालेसकी सञ्चालक उषा गुरुङ थिइन् ।
अनुजा अग्रवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन अनुपमा वाँस्तोला र राकेश वाँस्तोलाले गरेका थिए ।
(लोकतन्त्र पोस्ट दैनिक)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: