काँकरभिट्टामा भानु पुरस्कार वितरण हुँदै

  प्रकाशित मिति
२८ असार २०७५, बिहीबार १९:१९


मेचीनगर । भानु साहित्यिक प्रतिष्ठानको आयोजनामा शुक्रवार काँकरभिट्टामा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम हुँदैछ ।

२०५ औँ भानु जयन्तीको अवसरमा हुने कार्यक्रममा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याए वापत कलाकार सीताराम कट्टेल र कुञ्जना कट्टेललाई १ लाख रुपैयाँको भानु पुरस्कार प्रदान गरिने छ ।

पत्रकार राजु अधिकारीलाई २५ हजार रुपैयाँको धनमाया देवकुमारी, प्रजापति उप्रेती पत्रकारिता पुरस्कार र साहित्यकार राजेन्द्र सङ्ग्रौलालाई २५ हजार रुपैयाँको हेमराज मेदनी खरेल साहित्यिक पुरस्कार प्रदान गरिने छ ।

गायक जेठा मुर्मुलाई भानु प्रतिभा पुरस्कार र इन्जिनियर रुद्र मैनालीलाई प्रतिभा सम्मान प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले जानकारी दिनु भयो ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे प्रमुख अतिथिको रुपमा आउने भएका छन् ।
शुक्रवार नै भानु साहित्यिक प्रतिष्ठानको कर्यालय उद्घाटन र कविता गोष्ठी हुने भएको छ ।
.

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: