काँकरभिट्टामा मिनी धरहरा बनाउन दलहरू सकारात्मक

  प्रकाशित मिति
१ पुष २०७३, शुक्रबार १२:१५


mini-dharahara

काँकरभिट्टा । नेपाल पर्यटन तथा वातावरण समाज (सेट–नेपाल) नामक नवस्थापित गैरसरकारी संस्थाले पूर्वी नाका काँकरभिट्टालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यले मिनी धरहरा र भ्यू टावर निर्माणका लागि ल्याएको प्रस्तावलाई राजनीतिक दलहरूले सुझावसहित समर्थन जनाएका छन् ।

सेट–नेपालले काँकरभिट्टामा १५ लाख लागतको मिनी धरहरा बनाउने र उपयुक्त स्थानमा एएटा भ्यू टावर निर्माणका लागि प्रस्ताव गरेको छ ।

प्रस्तावका विषयमा विहीवार स्थानीय महेन्द्रद्वार सहकारीको हलमा आयोजित छलफलमा दलका नेताहरूले पूर्वी नाकाको व्युटिफिकेसनका लागि प्रस्तावित धरहरा र भ्यू टावर उपयुक्त सोच भएको बताए ।

सो संस्थाले काँकरभिट्टाको फोहोरको उचित व्यवस्थापन गर्ने, बसपार्कमा साँझपख नाइट लाइफयुक्त कार्ययोजना ल्याउने लगायतको योजना अघि सारेको छ ।

संस्थाका अध्यक्ष डिल्लीराम घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस झापाका सचिव प्रेम सम्वाहाम्फे, नेकपा एमाले झापा क्षेत्र नं. ३ का इञ्चार्ज गोपाल बुढाथोकी, नेपाली काङ्ग्रेसकै मेचीनगर सभापति इन्द्र बुढाथोकी, सङ्घीय समाजवादी नेपालका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, नेकपा एमालेका नगर अध्यक्ष राजु पोखरेल, राप्रपाका क्षेत्रीय संयोजक रमेश दाहाल, माओबादी केन्द्र मेचीनगरका इञ्चार्ज प्रकाश भण्डारी, नाइटचेस क्लवका अध्यक्ष कृष्णकान्त खनिया, नयाँ शक्ति पार्टी मेचीनगरका अध्यक्ष पुष्प पौडेल, भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती, देवकुमार राई, नारायण बस्नेत लगायतले पूर्वी नाकाको सौन्दर्यकरण, पर्यटकीय सम्भावना र चुनौतीका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

संस्थाका महासचिव सन्तोष आचार्यले सञ्चालन गरेको कार्यक्रमको प्रमुख अतिथि झापाका स्थानीय विकास अधिकारी खेमराज ओझा थिए भने संस्थाका उपाध्यक्ष सुशिल आचार्यले संस्थाको तर्फबाट फोहोरमैला व्यवस्थापन र सहर सौन्दर्यकरणका लागि तयार पारिएको अवधारणापत्र पढेर सुनाएका थिए । सहभागीहरूलाई संस्थाका वरिष्ठ उपाध्यक्ष माधव अर्यालले धन्यवाद ज्ञापन गरेका थिए । प्रमुख अतिथि ओझाले संस्थाका तर्फबाट आएको अवधारणाको प्रशंसा गर्दै पर्यटकीय आकर्षण बढाउने पूर्वाधार निर्माण गर्दा मुख्य सहरभन्दा टाढाका शान्त र सम्भावनायुक्त स्थललाई रोज्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: