काँकरभिट्टामा रमेश–नन्दाको विहेको उल्लास

  प्रकाशित मिति
२३ मंसिर २०७७, मंगलवार ०९:५६


काँकरभिट्टा, २३ मंसिर । चर्चित वक्ता तथा गायक रमेश प्रसाईको विहे चर्चित सेलिब्रेटीहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

मेचीनगर–६ काँकरभिट्टास्थित निवासबाट सोमवार विहान जन्ती लिएर धरान गएका प्रसाई राति ९ बजेतिर बेहुली लिएरु काँकरभिट्टा आइपुगे ।

उनको कालिकोट घर भई काठमाडौंमा समाजसेवा गरिरहेकी नन्दा सिंहसँग धरानमा विहे भएको हो ।

काँकरभिट्टाको भानुटोलमा प्रसाईको घर छ । घरमा बुवा, आमा र भाइवहिनीहरु बस्दै आएका छन् ।

विहेको जग्यमा शुभकामना व्यक्त गर्न काठमाडौंबाट चर्चित पत्रकार एवम् सीधा कुरा जनतासँगका प्रस्तोता रबि लामिछाने, चर्चित अभियन्ता ज्ञानेन्द्र शाही, चर्चित लोकदोहोरी गायिका कल्पना दाहाल धरानमा आएको विहेमा सहभागी झापाका साहित्यकार खिलप्रसाद शिवाकोटीले बताए ।

उद्योग वाणिज्य संघको सभाहलमा विहेको कार्यक्रम थियो । निम्तालुभन्दा बाहिरको भीड बढेका कारण वैवाहिक कार्यक्रम व्यवस्थित हुन सकेन । युट्युबरको भीडले वैवाहिक कार्यक्रम अस्तव्यस्त बनेको थियो ।

लोकदोहोरी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल कलाकारहरुको ठूलो टिमसहित विहेमा सहभागी थिए ।

अरु पाहुना धरानबाट फर्किए पनि इन्द्रेणीको टिम बेहुली भित्राउन काँँकरभिट्टासम्मै आइपुगेको थाहा भएको छ । उनीहरु होटलबा बसेका छन् ।

प्रसाईका छिमेकी गोपापप्रसाद शिवाकोटीका अनुसार रमेश प्रसाईको विहेले भानुटोलमा खुशीको माहोल छाएको छ ।

बेहुली भित्राउँदा भीड उर्लिएको थियो । सोमवार राति नै भोज लगाइएको थियो । मंगलवार विहान समेत प्रितीभोजको आयोजना गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: