काँकरभिट्टामा रु.१ करोडका लागतमा फिटनेस पार्क

  प्रकाशित मिति
२५ फाल्गुन २०७५, शनिबार २०:३७


   काँकरभिट्टा । मेचीनगर–६ स्थित काँकरभिट्टामा स्थापना गरिएको सुविधा सम्पन्न क्लासिक फिटनेस पार्क शनिबारबाट सञ्चालनमा आएको छ ।

शारीरिक अभ्यास गराउने उद्धेश्यले स्थापित पार्क शनिबार विधिवत् रुपमा उद्घाटन गरिएसंगै सञ्चालनमा आएको हो ।

प्रदेश साँसद्हरु श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पार्कको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा साँसद्हरु मैनाली, बुढाथोकी, नगर प्रमुख आचार्य, नेकपाका नेता विष्णु प्रसाईं, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापालगायतले शुभकामना दिए ।

उनीहरुले स्वस्थ, तन्दुरुस्त र स्फूर्त जीवनका लागि शारीरिक अभ्यास आवश्यक रहेकोमा जोड दिँदै कसरतका लागि सुविधायुक्त पार्कले व्यायाम गर्ने बानीको विकास गर्न सहयोग पुग्ने बताए ।

पार्कस्थलमा आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समिति पूर्व अध्यक्ष डिल्लीराम घिमिरे, नेपाल खेलकुद महासंघ प्रदेश सदस्य बालकृष्ण थापा, जिल्ला ट्राभल संघ अध्यक्ष नेत्र कार्की, मेची सामुदायिक प्रहरी सेवा केन्द्र अध्यक्ष बुद्धिनाथ पौडेललगायतको आतिथ्यता थियो ।

सो अवसरमा राजनीतिक दलका स्थानीय प्रमुख, नगरपालिकाका जनप्रतिनिधि, सामाजिक संघ संस्थाका प्रमुख, खेलसंग सम्बद्ध संघ संस्थाका प्रतिनिधिलगायतको उल्लेख्य उपस्थिति थियो ।

पार्क उद्घाटन कार्यक्रमका सभापति तथा पार्कका सञ्चालक गंगालाल गुरुङले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको उक्त कार्यक्रमको सञ्चालन जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत(सुन्दर) ले गरेका थिए ।

द गोर्खा मेमोरियल फाउण्डेशन नेपालका उपाध्यक्ष समेत रहेका गुरुङ र मेचीनगर ११ नम्बर वडा सदस्य सुनिल राजवंशीको संयुक्त लगानीमा खुलेको पार्क देवकोटा पार्कको उत्तरतर्फ कन्काई विकास बैंकको दोस्रो तलामा छ ।

काँकरभिट्टा भेट्रान फुटबल क्लव अध्यक्ष र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका सल्लाहकार संयोजक समेत रहेका खेलमा सक्रिय गुरुङका अनुसार पार्कमा हालसम्म १ करोड रुपैयाँ लगानी भएको छ ।

‘आवश्यक सबै सामान चीनबाट ल्याएका छौं, व्यायाम स्थललाई अझ व्यवस्थित बनाउन बाँकी छ’ अर्का सञ्चालक राजवंशीले भने–‘अब जुम्बा डान्स र हेल्दी फुड रेस्टुरेन्ट बनाउँछौं, जसका लागि २५ लाख रुपैयाँ बढी खर्च लाग्छ ।’

पार्क उद्घाटनको अवसर पारेर सेवाग्राहीलाई ३० प्रतिशत छुट दिइएको र मेचीनगर क्षेत्रका ८४ जनाले नियमित शारीरिक व्यायामका लागि फर्म भरेका छन् ।

वेट स्ट्रेन्थ, कार्डियो, कोम्बो, स्टिम बारलगायत विधामा शारीरिक अभ्यासको सुविधा उपलब्ध अत्याधुनिक सुविधायुक्त पार्कमा बच्चादेखि वृद्धसम्मले अभ्यास गर्न सक्ने बताइएको छ ।

व्यायाम गर्नेहरुलाई कसरत प्रशिक्षक समेत रहेका पार्कका सञ्चालक सुनिल राजवंशी, मदन राजवंशी र रवि राजवंशीले प्रशिक्षण प्रदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: