काँकरभिट्टामा सिटी लिग : उपाधि ह्याप्पी क्लबलाई

  प्रकाशित मिति
२८ जेष्ठ २०७९, शनिबार २२:११


मेचीनगर, २८ जेठ । मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको उपाधि ह्याप्पी क्लबले हात पारेको छ ।
काँकरभिट्टा माविको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा संगम फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ह्याप्पीले उपाधि हात पारेको हो ।

ह्याप्पीले नगद ५० हजारसहित ट्रफि प्राप्त गरेको छ । उपविजेता बनेको संगमले ३० हजारसहित ट्रफि पाएको थियो । अत्यन्तै रोमाञ्चक बनेको फाइनल खेलमा ह्याप्पीका देवशिस श्रेष्ठले खेलको ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । खेलमा उत्कृष्ट प्रदर्शनी गर्दै एक गोल गर्न सफल ह्याप्पीका देवशिस म्यान अफ द म्याच घोषित भए । त्यस्तै उदयमान खेलाडीको रुपमा ह्याप्पीकै युगल श्रेष्ठ घोषित भए । उनीहरूले नगदसहित गिफ्ट हेम्पर प्राप्त गरे ।

यहि जेठ १४ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको उदयमान खेलाडीको रुपमा संगम फुटबल क्लबका प्रनिश उप्रेती घोषित भए । संगमकै विवेश खत्री उत्कृष्ट गोल किपर घोषित हुँदा रिकेश घिमिरे उत्कृष्ट डिफेन्स घोषित भए । उनीहरुले ३ हजार एकसय प्राप्त गरे । ह्याप्पीका देवशिस उत्कृष्ट फरर्वाड घोषित हुँदा क्लासिक वारियर्सका प्रनिश राई उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले जनही ३ हजार एकसय प्राप्त गरे ।

त्यस्तै ह्याप्पीका राज दर्जी उत्कृष्ट खेलाडी घोषित भई ५ हजार एकसय प्राप्त गर्दा ह्याप्पीकै आदित्य ढुंगेल सर्वाधिक गोलकर्ता बने । उनले ४ हजार एकसय प्राप्त गरे । यता उत्कृष्ट मार्की खेलाडी घोषित हुँदै क्लासिकका सुजन बेस्राले ग्यारवाला साईकल प्राप्त गरे । त्यस्तै उत्कृष्ट प्रशिक्षकको रुपमा विजेता टिमका दिपक कार्की घोषित भए । उनले ३ हजार एकसय प्राप्त गरे ।

समापन समारोहका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ठ अतिथि उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वक्ताहरुले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताउँदै सबैले स्वास्थ्य रहन विभिन्न खेल खेल्नुपर्ने बताए । साथै उनीहरुले नेपाललाई विश्वसामु चिनाउने माध्यम पनि खेल भएकाले सबैले खेल र खेलाडीलाई साथ सहयोग र सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मीनबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत क्लबका उपाध्यक्ष नवराज ओली, सञ्चालन क्लबका सल्लाहकार शेरबहादुर बस्नेत (सुन्दर) र सञ्चारकर्मी भूमिका सुब्बाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: