काँकरभिट्टामा सिद्धार्थ बैँक

  प्रकाशित मिति
१२ पुष २०७६, शनिबार १८:११


काँकरभिट्टा । मेचीनगरमा एकवर्ष अघिदेखी शाखा स्थापना गरेको सिदार्थ बैँक लिमिटेडले शुक्रबार औपचारिक रुपमा उद्घाटन गरेको छ ।
सन २०१८ डीसेम्बर २ तारिखदेखि मेचीनगरका नागरिकहरुको आर्थिक क्षेत्रमा सेवा दिँदै आएको सिदार्थ बैँकले काँकरभिट्टामा पनि शाखा विस्तार गरेको हो ।
सिदार्थ बैँक लिमिटेडका नायव सीईओ सुन्दरप्रसाद कँडेलले देशभर १७६ वटा शाखा मध्ये काँकरभिट्टामा १२९ औँ शाखा बिस्तार गरेको बताए । उनका अनुसार २००२ सालमा स्थापना भएको बैँकको करिव देशभर आठ लाख भन्दाबढी नागरिकले सेवा लिएका छन । उनले बैँकले करिव दुइसय अर्ब भन्दाबढी लगानी गरेको बताएकाछन् ।
बैँकका सहायक सीईओ रामेश्वार बस्यालले नागरिकलाई चुस्तदुस्त सेवा दिनका लागि मेचीनगरमा सिर्दाथ बैकको शाखा विस्तार गरिएको जानकारी दिए । उनले आगामी दिनमा सिर्दाथ बैँकले नाफामुखी मात्र नभएर नागरिकको सेवामुखी भएर काम गर्ने दावी गरे ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका मेयर विमल आचार्यले मेचीनगरमा छुट्ेका बैँक तथा बित्तीय संस्थालाई स्थानीय सरकारले समाजिक सुरक्षा जस्ता गतीविधिसँग सहकार्य गरेर आगाडि बढ्ने बताए ।


पछल्लो समय काँकरभिट्टामा प्रतिस्पर्धाको रुपमा सञ्चालन भएका बैँक र बित्तीय संस्थाको सम्भावना र चुनौति धेरै रहेको उनले बताए । नगरमा स्थापना भएका निजी बँैकहरुले स्थानीय नागरिकहरुको आर्थिक समृद्धिमा टेवा पुर्याउन मेयर आचार्यले आग्रह गरेका थिए ।
कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेती पोखरेल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डे लगायतले नगरमा दिन प्रतिदिन बैँकहरु थपिएकोमा खुशी व्यक्त गरेका थिए ।
नगरमा बैँकहरु थपिनु ठुलो कुरा भएन, बैँकको आम्दानीलाई समाजिक कार्यमा लगाउनु पर्नेमा उनिहरुले जोड दिएका थिए । बैँक तथा वित्तीय संंस्थाले न्युनआय स्रोत भएका नागरिकको आर्थिक बृद्धिमा सहजता ल्याउने खालका सेवा दिनु पर्नेमा उनिहरुको भनाई थियो । बैँकका नायव सीईओ कँडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक सीईओ बस्यालले गरेका थिए । काँकरभिट्टा शाखाको प्रबन्धकमा चन्द्रकुमार पोखरेल छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: