।। अर्जुन कार्की ।।
मेचीनगर । मेचीनगरमा कोरोना रोकथाममा खटिएका तीन तहकै सुरक्षाकर्मीहरुको थ्रोट स्वाब (घाटीको रयाल) को नमुना संकलन गरिएको छ ।
मेचीनगरमा दिन प्रतिदिन कोरोनाको संक्रमण बढ्न थालेपछि अग्रभागमा खटिने सुरक्षाकर्मीहरु बढी जोखिममा रहेको भन्दै उनीहरुको स्वाबको नमुना संकलन गर्न थालिएको हो ।
नेपाली सेनाका ६ जना, नेपाल प्रहरीका १६ जना र सशस्त्र प्रहरीका १० जनामा थ्रोट स्वाबको नमुना संकलन गरिएको मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले बताए ।
त्यस्तै २ जना स्वास्थ्यकर्मी, काँकरभिट्टा माविको क्वारेन्टिन र होटलको क्वारेन्टिनमा बसेका व्यक्तिहरु समेतको स्वाब (पीसीआर) को नमुना संकलन गरिएको छ ।
मङ्गलबार तीन तहकै सुरक्षाकर्मी, काँकरभिट्टा मावि र होटलको क्वारेन्टिनमा बसेका व्यक्तिहरु गरी ९२ जनाको स्वाबको नमुना संकलन गरिएको वडाध्यक्ष तामाङले जानकारी दिए ।
स्वास्थ्य कार्यालय झापा र मेचीनगरको स्वास्थ्य टोलीले उनीहरुको स्वाबको नमुना संकलन गरेको थियो ।