काँकरभिट्टामा स्नोकर टुनामेन्ट सुरु

  प्रकाशित मिति
२३ फाल्गुन २०७६, शुक्रबार १७:२४


मेचीनगर । दोस्रो मेचीनगर स्तरीय डिभिजन स्नोकर टुनामेन्ट शुक्रबारदेखि काँकरभिट्टामा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन मेचीनगर–६ का वडा अध्यक्ष ललितबहादुर तामाङले गरेका थिए ।

प्रमुख अतिथि तामाङले प्रतियोगिताहरुले खेलाडीहरुलाई खेलप्रति आकर्षण गर्नुका साथै नयाँ खेलाडी उत्पादन गर्न थप उर्जा मिल्ने बताए ।

कार्यक्रमका विशेष अतिथिहरु समाजसेवी बालजित राई, बालकृष्ण थापा, काँकरभिट्टा फुटवल ट्रेनिङ सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेत लगायतले सरकारले खेलक्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नाइटचेस क्लब काँकरभिट्टाका महासचिव असोक राई, नेपाल सुनचादी व्यवसायी संघ मेचीनगर शाखाका अध्यक्ष राजेश गहतराज, अमित श्रेष्ठ, आशिष गजमेर, कर्ण थापा मगर लगायतको उपस्थिति रहेको थियो ।

ब्लाक एट पोल एण्ड स्नोकर मेचीनगका अध्यक्ष निमा वाङ्गेल तामाङ (राजु) को सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन कुलदीप राईले गरेका थिए ।

प्रतियोगितामा मेचीनगरका ३० जना खेलाडीहरु सहभागी छन् । प्रतियोगिताको मार्करमा पूर्व स्नोकर खेलाडी पासाङ शेर्पा, कर्ण थापामगर र सचित श्रेष्ठ छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ११ हजार, दोस्रो हुनेलाई ५ हजार र हाइस ब्रेकरले दुइ हजार ५ सयसहित ट्रफि पाउने छन् । प्रतियोगिता आगामी फागुन २६ गते सम्पन्न हुने अध्यक्ष तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: