काँकरभिट्टामा २०८औँ भानु जयन्ती मनाईयो

  प्रकाशित मिति
२९ असार २०७८, मंगलवार १४:०८


मेचीनगर, २९ असार । लकडाउनका कारण यसवर्षको २०८ओैं भानु जयन्ती काँकरभिट्टामा सामान्यरुपमा मनाईएको छ ।
गतवर्ष पनि कोभिड–१९ का कारण लकडाउनले भानु जयन्ती मनाउन पाईएको थिएन । तर यसपटक सामान्य रुपले स्वास्थ्य मापदण्ड अपनाएर भानु जयन्ती मनाईएको हो ।

भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्कीले थिए ।

कार्यक्रममा प्रमुख अतिथि कार्की, संविधान सभा सदस्य रविन कोइराला, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई, प्रदेश नम्वर १ प्रदेश सभा सदस्य मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती लगायतले आदिकवि भानुभक्त आचार्यको बारेमा चर्चा गरेका थिए ।

यसवर्ष विभिन्न विधाका पुरस्कारमध्ये भानु पत्रकारिता पुरस्कारमात्र बाढिएको थियो । उक्त पुरस्कार पत्रकार मुक्ति पौडेललाई प्रदान गरिएको छ । प्रमुख अतिथि, अतिथि र प्रतिष्ठानका पधाधिकारीहरुले २१ हजार राशी सहितको पुरस्कार पौडेललाई दिएका थिए ।

भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष उप्रेतीको सभापतित्व, उपाध्यक्ष डिल्लीराम घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव सुशिल आचार्यल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
हाम्रो फेसबुक पेज