काँकरभिट्टाले जन्माएको उदीयमान खेलाडी

  प्रकाशित मिति
१९ पुष २०७३, मंगलवार १५:५८


मेचीनगर–११ का खमिरगिल्सन कन्दङ्वा उसबेला भारतीय सेनमा भर्ती भएका भए फुटबलमा देख्न पाइने थिएन । जब उनी सेनामा असफल भए त्यसपछि उनको मन फुटबलतर्फ मोडियो । २०६५ सालमा तेह्रथुमबाट बसाई सरेर काँकरभिट्टा आएका थिए उनी । त्यसबले काँकरभिट्टा फुटबल क्लबले स्थानीय युवाहरूलाई भेला पारेर टे«ेनिङ गराउँने गरेको थियो । त्यहि भीडमा उनी पनि सहभागी बने ।

२०६९ सालमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको स्थापना भएपछि उनी त्यस सेन्टरमा प्रवेश गरेर फुटबलको अभ्यासलाई निरन्तरता दिए । उनले आफ्नो खेल कौशललाई बढाउँदै लगेपछि उनी फुटबलका बरिष्ठ प्रशिक्षक भगिरथ आले मामाको नजरमा परे । मामाले उनको प्रतिभालाई प्रोहत्सान गर्न २०६८ सालमा झापा लिगको छनोट खेलमा सहभागी गराए । २०७२ सालमा झापा–११ को टिममा पोखरमा भएको साहरा गोल्डकपमा डेब्यु गरेका थिए । विराटनगरमा सम्पन्न बिराट गोल्डकपमा प्लेयर लिस्टमा नाम पर्यो उनको । पहिलो पटक प्ले लिस्टमा नाम परेपछि आत्माविश्वासका साथ मैदान पसेका उनले राष्ट्रिय प्रतियोगितामा पहिलो गोल गर्न सफल भए । त्यस गोलले उनको उचाइ थप माथि पुर्याउन सहयोग गर्यो । सोही खेलमा उनी प्रतियोगिताको म्यान अफ द म्याच खेलाडी समेत बने । जुन उनको जीवनको पहिलो गोल र पहिलो म्यान अफ द म्याच थियो ।
उनी २०४९ सालमा बुबा चन्द्रबहादुर कन्दङ्वा र आमा पूर्णमाया कन्ङ्वाको कोखबाट तेह्रथुमा जन्मिएका हुन् । सानैदेखी फुटबल खेलमा रुची भए पनि सानो कदको भएका कारण कहिलै खेल्ने मौका नपाएको बताए । कक्षा–११ मा पढ्न थालेपछि गाउँमा रहेको क्लबबाट गाउँस्तरीय प्रतियोगितामा सहभागी हुन थालेका थिए ।

अहिले उनी व्यवसायिक फुटबल खेल्न थालेका छन् । टे«ेनिङ सेन्टरबाट उत्पादन भएका उदयमान खेलाडीका रुपमा रहेका उनी झापा ११ का भरपर्दा खेलाडी समेत हुन् । मैदानमा स्टाइकरको भूमिकामा रहने उनको खेल कौशल पनि उत्तिकै लोभलाग्दो छ । काँकरभिट्टामा भइरहेको मेची नेत्रालय काँकरभिट्टा गोल्डकपमा आयोजक टिमको कप्तानी सम्हालिरहेका उनको टिमले पहिलो चरणको खेलमा जित हात पारेको छ ।

यसो त उनी पाँचथरमा भइरहेको फाल्गुनन्द गोल्डकपमा समेत सहभागी भइरहेका छन् । ताप्लेजुङको कर्णसिंह सोनाम क्लबबाट खेल खेलका उनले पहिलो खेलमै गरेको निर्णायक गोलले जित हाँसिल गरेको थियो ।
सानो उमेरमा मोजामा प्लाष्टिक खाँदेर खेलेको अतितलाई कहिलै बिर्सदैनन् उनी । त्यहि मोजाको गोल खेल्न सिकेर अहिले योस्थानमा आउन सफल भएको उनले बताए ।

थुप्रै खेलमा म्यान अफ द म्याचको उपाधी पाएको कन्दङ्वा फुटबलमा निरन्तरता भए भविष्य पनि भएको बताउँछन् । उनलाई काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले सिकाउने मात्र होइन खेलमा अघि बढ्ने मौका समेत दिएकोमा दङ्ग छन् ।

एञ्जल गुरुङ
एञ्जल गुरुङको वास्तविक नाम जीवन हो । मेचीनगर–१० काँकरभिटटाका निवासी १८ वर्षिय उनी फुटबल क्षेत्रका उदयमान खेलाडी हुन् । सानै उमेरदेखि फुटबलमा सोखिन एञ्जल एन्फा एकाडेमी काठमाडौँका प्रोटक्ट हुन् । उनले आफ्नो फुटबलको क्यारियर एन्फाबाट बनाएका थिए । एन्फबाट अन्डर–१२ र अन्डर–१४ को राष्ट्रिय खेल खेलेका उनको खेल यात्रा यतिले रोकिएन । ६ वर्ष एन्फामा आव्दध भएर ३ वटा राष्ट्रि लिग खेलेका उनी त्यसपछि सोझै झापा आए । काँकरभिट्टामा नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ मिन बस्नेतको नेतृत्वमा यहाँका खेलाडी युवाहरूले फुटबल ट्रेनिङ सेन्टर सञ्चालन गर्न सुरु गरेका थिए । उनी पनि त्यहि सेन्टरमा आवद्ध भए ।

मामा कुमार गुरुङ पनि फुटबल खेलाडी भएकाले उनलाई यस क्षेत्रमा प्रवेश गर्न थप हौषला मिलेको थियो ।
२०७२ सालमा झापा–११ मा डेब्यु गरेका एञ्जलले झापा गोल्डकप, सताक्षीगोल्डकप, धनकुटा, पोखरालगायतका क्षेत्रमा राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका छन् । छरितो खेल प्रदर्शन गर्ने एञ्जल मिड फिल्डरको भूमिकामा रहन्छन् । उनी मेची नेत्रालय काँकरभिट्टा गोल्डकपमा सहभागी छन् ।

बुबा सोरसिंह गुरुङ र आमा बिटु गुरुङका कान्छा छोरा एञ्जल भाग्यले साथ दिए भविष्यमा राम्रो फुटबल खेलाडीको रुपमा स्थापित हुने बताउँछन् ।

नविन सुवेदी
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका भरपर्दा डिफेन्स हुन् नविन सुवेदी । उनी हरेक प्रतियोगितामा मुख्य डिफेन्सका रुपमा मैदानमा रहन्छ । विपक्षीले ल्याएको बललाई सहजै नियन्त्रण गरेर किल्यर गर्न सक्ने क्षमता छ उनीसँग । सानै उमेरदेखि फुटबल भनेपछि मरिहत्ते गर्ने उनी काँकरभिट्टा मैदानमा नै उत्पादन भएका उदयमान खेलाडी हुन् । यहाँ भइरहेको मेची नेत्रालय काँकरभिट्टा गोल्डकपमा आयोजक सेमीफाइनल खेलमा प्रवेश गर्न पाउनु उनको दर्विलो डिफेन्सिप पनि एक हो । ९० मिनेटको निर्धारित समयमा गोलरहित बराबरीमा रोक्न सफल भएका उनले टाइब्रेकरमा भने गोल गर्न नसक्दा समर्थक स्तब्ध बनेका थिए । खेलका म्यान अफ द म्याच गोलरक्षक एलन न्यौपानेले उत्कृष्ट प्रदर्शन गरेपछि नविनले गरेको गल्ति मेटिएको थियो । आफ्नो टिमलाई मेन टु मेन परिचालन गरेर मुभ बनाउन सक्ने क्षमता भएका नविन भविष्यमा राम्रो खेलाडी हुने प्रशिक्षक दिपक कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: