काँकरभिट्टा क्याम्पसको स्थापना दिवस, बार्षिकोत्सव र क्याम्पस सभा

  प्रकाशित मिति
१४ पुष २०७७, मंगलवार १३:१७


मेचीनगर, १४ पुस । काँकरभिट्टा बहुमुखी क्याम्पसको २२औँ स्थापना दिवस, बार्षिकोत्सव तथा तेस्रो क्याम्पस सभा मङ्गलबार सम्पन्न भएको छ ।

क्याम्पसको सभाहलमा सम्पन्न सभामा प्रदेश नम्बर १ का सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मैनाली, प्रदेश नम्बर १ का सांसद राधा थापा, मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोेखरेल उप्रेती, क्याम्पस संस्थापकका तर्फबाट रुपनारायण भट्टराई, दाताका तर्फबाट मोहनप्रकाश उप्रेती, क्याम्पस सभा सदस्य धनप्रसाद गुरुङ, स्वावियुका सभापति सुरज सुवेदी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा अध्यक्षको बाषिर्क प्रतिवेदन सञ्चालक सदस्य ठाकुरप्रसाद शिवाकोटी, समाजिक परिक्षण समितिका संयोजक खड्गप्रसाद बरालले, नीति तथा कार्यविधिहरु अध्यापक विष्णु गौतमले प्रस्तुत गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश सञ्चालक शुसिल आचार्यले गरेका थिए ।

कार्यक्रममा कवि गोष्ठीमा प्रथम हुने दुर्गा भण्डारी, दोस्रो हुने मीना गिरी, तेस्रो हुने सुजता कार्की र सान्त्वना स्मृति शर्मालाई पुरस्कृत गरियो । बुद्घिचाल प्रतियोगिताका प्रथम र दोस्रो हुने क्रमशः प्रभास सुवेदी र समिर वास्कोटालाई पनि पुरस्कार प्रदान गरिएको थियो । यस्तै जेहेन्दार शैक्षिक पुरस्कार चादनी गुरुङ, नर्वदा भण्डारी र सुष्मिता खड्कालाई प्रदान गरिएको थियो ।

काँकरभिट्टा बहुमुखी क्याम्पसका अध्यक्ष कमल थापाको सभापतित्व, सञ्चालक दुर्गाप्रसाद सापकोटाको स्वागत र क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: