मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको मतदान भएको छ ।
आगामी ३ बर्षे कार्यकालको नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान शुरू भएको निर्वाचन समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीले बताए ।
ब्यक्तिगत ४२०९ र संस्थागत १०३ गरि जम्मा ४३१२ जना मतदाता रहेको निर्वाचन समिति सदस्य हेमकुमार खड्काले जानकारी दिए ।
नेतृत्वका लागि काँग्रेस, संघिय समाजबादी फोरम, राप्रपा र नयाँ शक्तिको गठबन्धनबाट काँग्रेसका हर्क फ्याक र बाम गठबन्धनका तर्फबाट माओबादीका ज्ञानेन्द्र घिमिरे अध्यक्ष पदका लागि मैदानमा छन ।
गणना आइतबार बिहानदेखी खानेपानीको कार्यालयमा हुने निर्वाचन समिति सदस्य केवलराम राईले जानकारी दिए ।